Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • खोलाबाट गिट्टी-बालुवा उठाउन नपाउँदा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
खोलाबाट गिट्टी-बालुवा उठाउन नपाउँदा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २१, २०७९ बागेश्वरी पोस्ट
खोलाबाट गिट्टी-बालुवा उठाउन नपाउँदा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

नेपालगन्ज ।  दाङको शान्तिनगर गाउँपालिका वडा नं २ का वडाध्यक्ष सुनिल वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कालाई आक्रमणको प्रयास गर्नुको मुख्य कारण  सोचे  अनुरुप खोलाबाट बालुवा गिट्टी उठाउन नपाएको झोक रहेको  गाउँपालिकाले  आरोप लगाएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी र गाउँपालिकाका प्रबक्ता मिनबहादुर केसीले संयुक्त बिज्ञप्ति स्वतन्त्रबाट निर्वाचिन वडाध्यक्ष वलीले शुक्रबार गाउँपालिका अध्यक्ष  बस्नेत र प्रमुख प्रशासकीय अधिृकत डिल्ल खड्कालाई कार्यकक्षमै आक्रमणको प्रयास हुनुको मुख्य कारण आफुले मनोमानी गर्न नपाएको परिणाम  भएको  बताएका छन् ।

शनिबार बसेको गाउँ कार्यपालिकको बैठकपछि जारी बिज्ञप्तिमा वडाध्यक्ष वलीले आफ्ना केही समर्थकसहित कार्यकक्षमै प्रबेश गरि गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि आक्रमणको प्रयास गरेको भन्दै त्यसको प्रमुख कारण स्थानीय बौलाहा खोलाको बिष्णुपुर घाटमा खोला जन्य पदार्थ उत्खनन् गर्न नपाउनु नै भएको दाबी गरेको छ ।

ठेक्का लगाइएकोमा वडाध्यक्ष वलीले त्यसको बिरोध गर्दै आएको तथा वडाध्यक्ष वलीले ठेक्कामार्फत नभई आफुले नै खोला जन्य पदार्थ उठाउन पाउनु पर्ने भन्दै बारम्बार दबाब दिँदै आएको बिज्ञप्तिमा उल्लेख छ ।

त्यसका साथै वडाध्यक्ष वलीले सो क्षेत्रमा आफु निकटका ब्यक्तिहरुलाई गाउँपालिका मार्फत तलव खुवाउने गरी नियुक्त गर्न दबाब दिँदै आएकोमा त्यो कार्य कानुन बिपरित हुने भन्दै समर्थन नजनाएको झोकमा उनीहरु माथि आक्रमणको प्रयास भएको आरोप लगाइएको छ । उनीहरुले वडाध्यक्ष वलीमाथि कानुनी कारबाहीको मागपनि गरेका छन् ।

त्यस्तै घटनाको बिरोध गर्दै शनिबार बसेको पेशागत संगठनहरुको संयुक्त बैठकले कार्यालयमा काम गर्ने सुरक्षित कार्य वातावरण नहुँदासम्म अत्यावश्यक सेवा बाहेक आइतबारदेखि नै अन्य सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

नेपाल निजामति कर्मचारी युनियन स्थानीय कार्यसमिति शान्ति नगरका अध्यक्ष कृष्णकुमार कँडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय कार्यसमिति शान्तिनगरका संयोजक पृथ्बी नारायण पौडेल, नेपाल निजामति कर्मचारी संगठन स्थानीय कार्य समिति शान्तिनगरका संयोजक देवराज आचार्यले दोषीलाई तत्काल कानुनी कारबाहीको प्रक्रिया सुरुवात नगरेसम्म कामकाज नगर्ने चेतावनी दिएका छन् । 


प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP