नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लुम्बिनी प्रदेशमा अपराधका घटना वर्षेनी वृद्धि हुँदै
लुम्बिनी प्रदेशमा अपराधका घटना वर्षेनी वृद्धि हुँदै
बागेश्वरी पोस्ट
बुधबार, चैत १, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशमा अपराधका घटना वर्षेनी वृद्धि हुँदै

यमकला भुसाल /नेपालगन्ज । लुम्बिनी प्रदेशमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरुमा प्रहरीको सक्रियता बढेपनि अपराधका घटनामा कमी नभई झनै अपराधका घटना वर्षेनी बृद्धि भएको देखिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा प्रदेश कार्यालयमा ४२३६ वटा अपराधका मुद्धा दर्ता भएका छन् ।

ती मध्ये १७९२ मुद्धा फछयौट भैसकेका छन भने फछयौट हुन २४४४ बाँकी छन । अपराध घटनालाई प्रकृतिका आधारमा हेर्दा सामाजिक अपराधका घटना बढी देखिएका छन्  । आर्थिक वर्षको फागुन मसान्तसम्ममा लुम्बिनीमा २ सय ३२ वटा सामाजिक अपराधका घटना भएका छन्  ।

त्यस्तै आत्महत्याका १ सय ७८, ज्यान सम्बन्धी १ सय ७०, महिला तथा बालबालिका सम्बन्धी ८७, संगठित तथा आर्थिक अपराध ११२,सवारी सम्बन्धी ६५,चोरी,७३,विविध अन्य १४५ वटा घटना भएका छन्  ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा अनुसार अपराधका घटना सबैभन्दा बढी रुपन्देहीमा भएका छन् भने त्यसपछि दोस्रोमा बाँके र तेस्रोमा दाङ जिल्लामा भएका छन् । प्रहरी कार्यालयमा औषत दैनिक २० वटा अपराधका घटनाहरु दर्ता हुने गरेको तथ्याङ्क छ ।

कार्यालयमा आर्थिक वर्ष २०७७/०७८ मा ५८३५ वटा अपराधका मुद्धा दर्ता भएका थिए । ती मध्ये ४६६५ मुद्धा फछयौट भैसकेका छन भने ११७० बाँकी छन्  ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६३६२ मुद्धा दर्ता भएकोमा ४११७ फछयौट भएका छन भने २२४५ बाँकी रहेका छन् । अशिक्षा, अभाव, गरीबी, पछौटेपनकै कारण आपराधिक घटनामा वृद्धि हुदै गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जघन्य अपराधका घटनामा बृद्धि

लुम्बिनी प्रदेशमा जघन्य अपराधका घटनामा पनि बृद्धि भएको छ । चालू आर्थिक वर्षको वितेको ८ महिनामा प्रदेशभर १ सय ६० वटा जघन्य अपराधका मुद्धा दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी लागु औषधका ८१ वटा घटना दर्ता भएका छन्  ।

त्यस्तै जबरजस्ती करणीका ४५,कर्तव्य ज्यान १४, मानव बेचविखन तगा ओसार पसार ७, हातहतियार खरखजना ५, अपहरण तथा शरिर बन्धक ४ र विष्फोटक पदार्थ ४ गरि १६० वटा जघन्य अपराधका घटना भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ सय ७२ वटा जघन्य अपराध सम्बन्धी मुद्धा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५७ वटा मुद्धा दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामै बढेर १ सय ६० वटा मुद्धा दर्ता भएका छन् ।

 

 


प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP