नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ‘इन्डिया’ भन्ने देश नै नभएको भनेपछि विवादमा तानिए सैफ अली खान
‘इन्डिया’ भन्ने देश नै नभएको भनेपछि विवादमा तानिए सैफ अली खान
एजेन्सी
बुधबार, माघ ८, २०७६ एजेन्सी
‘इन्डिया’ भन्ने देश नै नभएको भनेपछि विवादमा तानिए सैफ अली खान

एजेन्सी । बलिउडका लोकप्रिय अभिनेता सैफ अली खानको फिल्म ‘तान्हाजीः द अनसङ वारिअर’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । ‘तान्हाजी’ मा अजय देवगन, सैफ अली र काजोलले मुख्य भूमिका निभाएका छन् ।

फिल्मको सफलतासँगै सैफ अलीले दिएको एक अभिव्यक्तिका कारण उनी विवादमा तानिएका छन् । उनले ‘तान्हाजी’ बारे कुराकानी गर्ने क्रममा दिएको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा खानको चर्को आलोचना  भइरहेको छ ।

हालै फिल्मबारे कुराकानी गर्ने क्रममा सैफ अलीले ‘यो इतिहास हो भनेर मलाई लाग्दैन’ भनेका थिए । साथै उनले भनेका थिए- ‘अंग्रेज आउनपूर्व इन्डियाको कुनै अवधारणा थियो भन्ने मलाई लाग्दैन ।’ अर्थात् उनको यो भनाइले भारतमा अंग्रेज आउनुपूर्व ‘इन्डिया’ भन्ने देश नै नभएको अर्थ लाग्छ ।

सैफ अलीको उक्त भनाइप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा सैफको भनाइको मात्रै विरोध गरिएको छैन । उनका छोरा तैमूर अली खानको नामलाई समेत मानिसले निशाना बनाएका छन् ।

केही मानिसले छोराको नाम तैमूर राखेकोमा यसअघि समेत सैफ र करिनाको विरोध गरेका थिए । मुस्लिम अतिक्रमणकारी तैमूरले भारतमा कैयौं हिन्दूको हत्या गरेको र हत्याराको नामसँग मिल्ने गरी छोराको नाम राखेपछि विरोध गरिएको थियो ।

‘प्रिय सैफ अली खान, कृपया यी पुराना मानचित्र हेर्नुहोस्, अंग्रेजले नै इन्डियाको अस्तित्वबारे उल्लेख गरेका छन्’, एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् ।

त्यस्तै अर्का प्रयोगकर्ताले सैफको भनाइप्रति प्रतिक्रिया दिँदै लेख्छन्- ‘जब अंग्रेज आउनुपूर्व इन्डियाको कुनै अवधारणा नभएको भए उनीहरूले किन इस्ट इन्डिया कम्पनी भन्ने नाम राखे ? सैफ र अनुपमासँग कसैले सोध्नुहोला ।’

हालै रिलिज भएको ‘तान्हाजी’ले सफलता हात पारिरहेको बेला आफ्नो भनाइका कारण सैफ विवादमा तानिएका छन् । ‘तान्हाजी’मा सैफले उदयभान सिंहको भूमिका निभाएका छ्न् । देवगन र सैफको यो फिल्मबारे समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

हाल बक्स अफिसमा धमाका मच्चाइरहेको ‘तान्हाजी’ले १७० करोडभन्दा बढी कमाइसकेको छ । । फिल्मले ‘मिशन मंगल’ र ‘दबंग ३’ रेकर्ड तोड्ने तयारी गरिरहेको छ । महाराष्ट्र र गुजरात जस्ता राज्यमा फिल्मलाई निकै मन पराइएको छ ।


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ‘मालती मंगले’ टिमको पत्रकारसँग साक्षात्कार
नेपालगञ्जमा ‘मालती मंगले’ टिमको पत्रकारसँग साक्षात्कार
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP