नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गुण्डा नाइके दिपक मनाङेबिरुद्द प्रहरीमा उजुरी दर्ता
गुण्डा नाइके दिपक मनाङेबिरुद्द प्रहरीमा उजुरी दर्ता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ८, २०७६ बागेश्वरी पोस्ट
गुण्डा नाइके दिपक मनाङेबिरुद्द प्रहरीमा उजुरी दर्ता
undefined

पोखरा । गुण्डा नाइके’ तथा गण्डकी प्रदेश सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हाने।

मनाङेले मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहपूर्व पोखराको भण्डाढिकस्थित खेलमैदानमै एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको ‘सगर्व’ बताए पनि। यता, गुरुङले भने आफूलाई झापड मात्र नभई लात्तीले हानेको समेत आरोप लगाएका छन्। उनले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर मनाङेविरूद्ध ‘सार्वजनिक अपराध’को उजुरी दिएका छन्। एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात गरेका गुरुङलाई फेरि सार्वजनिक अपराधको उजुरी दर्ता भएको छ। उनले कास्कीका अध्यक्षलाई मात्र नभई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि झापड हान्ने चेतावनी दिएका छन्।

मनाङे उपर अब के कारबाही होला? जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले पीडित पक्षले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढ्ने बताए। उनले भने, ‘हामी मुद्दाको अनुसन्धान गर्छौ, त्यसपछि अनुसन्धान रिपोर्टसहित जाहेरी जिल्ला प्रशासन कार्यालयमा बुझाउँछौं।’

उनका अनुसार सार्वजनिक अपराधका मुद्दा प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्ने कानुनी प्रावधान छ।सार्वजनिक अपराधका मुद्दामा प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान प्रतिवेदनका आधारमा दण्ड जरिवाना तोक्न सक्ने अधिकार रहेको छ। आपराधिक पृष्ठभूमिका सांसद मनाङेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन्। अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै अर्को अपराधको मुद्दा मनाङेले सामना गर्नुपर्ने भएको छ। ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो। आक्रमणमा मनाङे समूहले चक्रेको हात नै छिनाएको थियो।

मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय दिइएको थियो। फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सपथ लिनुपूर्व प्रहरीले पक्राउ गरी जेल पठाएको थियो। मनाङेको आपराधिक गतिविधिको प्रमुख क्षेत्र ठमेल थियो। त्यहीँबाट उनले गुण्डाहरू जन्माए। ठमेलमा डिस्को खोलेर रात्रिकालीन व्यवसायमा हात हालेका मनाङेले विस्तारै ठमेल, दरबारमार्ग, नयाँ बानेश्वर, कालिमाटीलगायत क्षेत्रमा आफ्नो प्रभाव बढाएका थिए।

उनीमाथि संगठित अपराध, ज्यान मार्ने उद्योग र अवैध सम्पत्ति आर्जन गरेको मुद्दा पनि लागेको थियो। अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतले उनीसँग दुई करोड ९० लाख रुपैयाँ धरौटी मागेको थियो। धरौटी बुझाउन नसकेपछि उनी तीन महिना जेल बसेका थिए। उनी पटक(पटक गरी अहिलेसम्म सात पटक जेल गएका छन्। जसमध्ये चार पटक सार्वजनिक अपराध र तीन पटक ज्यान मार्ने उद्योग अन्तर्गत जेल गएका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले यस्तो मुद्दामा कति पनि सजाय दिन नपर्ने वा बढीमा छ महिना जरिवाना वा १० हजार रुपैयाँसम्म जरिवाना र दुबै सजाय तोक्न सक्ने कानुनी अधिकार रहेको बताए।

प्रजिअ केसीले ‘सामान्य’ घटनालाई अनावश्यक चर्चा दिएको गुनासो गरे। ‘यति सामान्य घटनालाई तपाईंहरू किन चर्चा गर्नुहुन्छ,’ उनले भने, ‘यति सानो कुराको पनि यति ठूलो चर्चा गर्नेरु’ मनाङे सांसद रहेको र उनले सार्वजनिक स्थलमा दुर्व्यवहार र हातपात गरेको बताएपछि उनले सांसद मनाङेलाई पक्राउ गर्न सकिने बताए। ‘प्रहरीले अनुसन्धान गर्ने हो, त्यसक्रममा पक्रन गर्न पनि सकिन्छ,’ उनले भने, ‘अनुसन्धान प्रतिवेदन आएपछि मैले मुद्दाको निर्णय गर्छु।’

गत निर्वाचन अघि तत्कालीन नेकपा एमालेका अध्यक्ष (हाल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष) केपी शर्मा ओलीको हातबाट टिका लगाएर उनी कांग्रेसबाट एमाले प्रवेश गरेका थिए। निर्वाचनमा उनलाई एमालेले मनाङबाट प्रदेशसभामा प्रत्यक्षतर्फ टिकट दिने तयारी गरे पनि नागरिकस्तरबाट विरोध भएपछि टिकट दिएन।

मनाङेकै नातेदारलाई टिकट दियो। स्वतन्त्र उम्मेदवारी दिएका मनाङे तत्कालीन एमालेकै समर्थनमा निर्वाचित भए। निर्वाचित भएपछि प्रहरीको ‘मोस्ट वान्टेड’मा परेको मनाङे बेपत्ता भए। त्यसको केही समयपछि अदालतमा आत्मसमर्पण गरेर जेल गए। जेलबाट छुटेपछि प्रदेश सभाको सपथ लिएका मनाङे नेकपामा प्रवेश गरेका थिए।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP