prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल एअरलाइन्सका दुई दर्जन पाइलटले दिए राजिनामा
नेपाल एअरलाइन्सका दुई दर्जन पाइलटले दिए राजिनामा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १०, २०७६ बागेश्वरी पोस्ट
नेपाल एअरलाइन्सका दुई दर्जन पाइलटले दिए राजिनामा

काठमाडौं ।नेपाल एयरलाइन्सका २ दर्जन पाइलटहरुले राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजिनामा बुझाएका हुन्।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्। उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्। पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउछन्।

तलब भने उनीहरुले १५ लाख पाउछन्। कर पनि व्यवस्थापनले तिरिदिएको छ। तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्। पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्ष सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्ट्न श्रवण रिजालले जानकारी दिए।

उनकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्। करारमा आएकाले विदेशीलाई धेरै सुविधा भएको भन्ने व्यवस्थापनले जानकारी दिएकाले नेपालीलाई करारमै राखोस भनेर आफूहरु सबैले राजिनामा दिएको रिजालले जानकारी दिए। तीन महिनाको समयसीमा पाइलटहरुले दिएका छन्।

उनीहरुले मदन खरेल अध्यक्ष हुँदै राजिनामा बुझाउने तयारी गरेपनि हस्ताक्षर संकलनको काम लम्बिएकाले सकेका थिएनन्। पाइलटहरुले व्यवस्थापनलाई दुई विकल्प दिएका छन्। तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने, कि नेपाली पाइलटले दिएको राजिनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने।

यदि व्यवस्थापनले यी सबै काम गर्न नसकेमा सबै अन्तर्राष्ट्रिय उडान ग्राउन्डेड हुने पाइलटहरुले चेतावनी दिएका छन्। एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजिनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजिनामा बुझाउने तयारी गरिरहेका छन्। नेपाल एयरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि राख्दै आएका थिए।सेतोपाटीबाट।


प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP