नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं लगिँदै
पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं लगिँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २१, २०८० बागेश्वरी पोस्ट
पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं लगिँदै

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा मुछिएर पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौं पठाइदै छ । हिजो साँझ उनी बुटवलबाट पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतले टोपबहादुर र उनका छोरालाई हिजो पक्राउ पुर्जी जारी गरेको थियो । तर, टोपबहादुर भने पक्राउ परेका छैनन् । उनलाई पक्राउ गर्न पुर्जी जारी भइसकेको छ । पक्राउ पुर्जी जारी भइसकेपछि उनी अर्घाखाँचीको कार्यक्रम छाडेर बुटवल आएका थिए । 

उनले बुटवलमा आएर सभामुख देवराज घिमिरेसँग सल्लाह गरेका थिए । तर, राति ९ बजे भैरहवाबाट सँगसँगै आउने भनेका रायमाझी पक्राउ परिने डरले बुटवलमै बसे ।

अर्घाखाँचीमा भने उनले आफू काठमाडौं जाने र त्यसपछि बुझेर जानकारी गराउने भनेका थिए । उनले चेकका बारेमा आफूलाई केही थाहा नभएको समेत बताएका छन् । तर, पक्राउ परिने डरले बुटवलमै लुक्दा भने आशंका समेत उब्जिएको छ । 

उनी २०७७ पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा ऊर्जामन्त्री भएका थिए । 

उनले भुटानी शरणार्थीलाई सहयोग पुगोस् भन्ने मानवीय भावनाले लबिङ गरेको दाबी गरे पनि गिरोहका सदस्यका तर्फबाट उनका छोरा सन्दीपका नाममा काटिएको १ करोड ५० लाखको चेक प्रहरीले बरामद गरेको जनाइएको छ । 

भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहसँग मिलेमतो गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्व कानूनी पकडमा तानिएको हो । यससम्बन्धी फेहरिस्त खोज पत्रकारिता केन्द्र नेपालले सार्वजनिक गरेको थियो । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई मंगलबार र उपराष्ट्रपति कार्यालयका सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । 

नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरुबाट प्राप्त प्रमाण र बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

 


प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP