नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • टोपबहादुर रायमाझीको मुभमेन्टबारे प्रहरी नै अन्योलमा
टोपबहादुर रायमाझीको मुभमेन्टबारे प्रहरी नै अन्योलमा
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २५, २०८० बागेश्वरी पोस्ट
टोपबहादुर रायमाझीको मुभमेन्टबारे प्रहरी नै अन्योलमा
फाइल फोटो

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव एवं टोपबहादुर रायमाझी अहिले कता छन् भन्ने बारेमा प्रहरी नै अन्योलमा परेको छ । प्रहरीले गत बुधबार नै उनलाई पक्राउ गर्न खोजे पनि बुटवलबाटै उनी फरार भएका थिए । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री समेत रहेका सांसद रायमाझीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनलाई पक्राउ नगर्न आग्रह गरेको छिटपुट आशंका गरिएको भए पनि यसमा पुष्टि गर्न सक्ने आधार छैन । यद्यपि उनी राजनीतिक आडमा लुकेको भन्ने बारेमा कुनै शंका छैन । 

केपी ओलीले रायमाझी आफैँ प्रहरीकोमा गएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने धारणा राखिसकेका छन् । यद्यपि रायमाझीले किन प्रहरीलाई सहयोग गरेका छैनन् भन्ने बारेमा केही खुलेको छैन । ‘

उनी काठमाडौंमा आइपुगेका छैनन्, जुन दिन उनी आउँछु भनेका थिए, त्यही दिनबाट उनी फरार भए । 

‘आज एक दिन अझै प्रहरीको टोली उतै छ, काठमाडौंको विमानस्थल र संभावित स्थानमा पनि प्रहरी तैनाथ छ, उहाँले सहयोग नगरी सुखै छैन’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो । 

नेकपा एमालेको नेताहरुले पनि उनलाई बचाउने विषयमा कुनै पनि धारणा राखेका छैनन् । पार्टी अध्यक्ष ओलीले मात्रै पहिले आफूलाई सत्तामा सहयोग गरेका कारण बचाउन खोजेको हो कि भन्ने आशंका गरेका हुन् । 

तर, एमालेका नेताहरुले उनलाई बचाउने कुरामा कुनै धारणा नराखेको र प्रहरीलाई पक्राउ गर्न नेताहरु ग्रिन सिग्नल दिइसकेको स्रोतको दाबी छ । ‘हामीले उहाँलाई पक्राउ गर्नुहुन्न, भनेका छैनौँ, पक्राउ गरेर ल्याउ अनुसन्धान गर, त्यसमा नेकपा एमालेले सहयोग गर्छ, अपराधीलाई कारबाही गर्नुहुन्न, कोही पनि दोषी उम्किनु हुन्न भनेका छौँ’, एमालेका प्रमुख सचेतक पदम गिरीले भने ‘तर उनले एमालेका नेताहरुले लुकाएका छन् भन्ने जस्ता निराधार आरोप भने लगाउन्न पाइन्न, उहाँ यतिबेला हाम्रो सम्पर्कमा हुनुहुन्न ।’

गत बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए । 

तर, अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार भए पनि प्रहरीले उनलाई खोजी गर्न भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेको छ । 

भैरहवाबाट उहाँ हराउनु भएको हो, उहाँको मोबाइल स्वीच अफ हुँदा अन्तिम लोकेशन भैरहवा थियो’, स्रोतले भन्यो । 

अर्घाखाँचीको कार्यक्रम सकेर त्यसै दिन राति काठमाडौं आउने तयारीमा टिकट लिएका रायमाझी भैरहवाबाट फरार भएका थिए । उनले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकटसमेत काटेका भए पनि उनी एकाएक सम्पर्कविहीन भएका हुन् ।

राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा पुगेको थियो । 

प्रहरीले उनको अंगरक्षक र गाडी चालकलाई काठमाडौंमै छाडेर गएका कारण अंगरक्षकलाईसमेत उनी कहाँ छन् भन्ने जानकारी हुन सकेको छैन । 

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । 

एमाले नेता रायमाझीका छोरा सन्दीप, सरकारका सचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्व वडाध्यक्ष सागर राई पक्राउ परेका थिए । 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।  

पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो । अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो । 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभइ नेपाली नागरिक रहेको खुलेको थियो । नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो ।

गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो । प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको गिरोहका नाइकेले एक अर्ब ठगी गरेपछि नेपाली राजनीति नै तरंगित भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिको उच्च नेतृत्व पूरै तरंगित बनेको छ । खासगरी नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रामबहादुर थापा बादल गृहमन्त्री भएको बेलामा यो प्रकरणमा सहभागी, सल्लाहकार र सचिव मुछिएपछि एमाले वृत्तमा ठूलो हलचल आएको थियो । 

त्यसमा पनि एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित सचिव नै फरार रहेको अवस्थामा सडक, सदन दुवैतिर यसको विरोध भएको छ । त्यति मात्र होइन कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, बालकृष्ण खाँण र उनकी पत्नी मञ्चु खाँण तथा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणा देउवाको समेत संलग्नता रहेको भन्दै अपुष्ट अडियो सार्वजनिक भएपछि थप तरंगित बनेको हो । 

पूर्वगृहमन्त्री खाँणले यो विषयमा आपत्ति जनाइसकेका छन् भने आरजू देउवाले पनि आफ्नो संलग्नता नभएको भन्दै सदनमै त्यसप्रति आपत्ति जनाइसकेकी छिन् । 

एमाले अध्यक्ष ओलीले दुई पटकसम्म प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि एमाले सचिव रायमाझीलाई जोगाउन लागिपरेको भन्दै राजनीतिक वृत्तमा हलचल पैदा भएको छ ।

 

 


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP