नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामुदायिक वन उपभोक्ता महासंघले भन्यो : चुरे संरक्षणका सबै सरकारी कार्यक्रम खारेज गर
सामुदायिक वन उपभोक्ता महासंघले भन्यो : चुरे संरक्षणका सबै सरकारी कार्यक्रम खारेज गर
बागेश्वरी पोस्ट
आइतबार, जेठ १४, २०८० बागेश्वरी पोस्ट
सामुदायिक वन उपभोक्ता महासंघले भन्यो : चुरे संरक्षणका सबै सरकारी कार्यक्रम खारेज गर

काठमाडौं । सामुदायिक बन उपभोक्ता महासंघले चुरे संरक्षणका नाममा सरकारले बनाएका विभिन्न कार्यक्रम र समितिहरूको खारेजीको माग गर्दै तिनलाई ‘मानव अधिकार विरोधी’को संज्ञा दिएको छ ।

उसले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिलगायतका सरकारी कार्यक्रम र योजनाहरूलाई वातावरण तथा बन संरक्षण ऐन अन्तर्गत नै राख्न पनि भनेको छ ।

जेठ ९-११ गतेसम्म काठमाडौंमा भएको सातौं महाधिवेशनबाट पारित २० बुँदे घोषणापत्र सार्वजनिक गर्दै महासंघले सामुदायिक बन उपभोक्तामैत्री ऐन र कानुनहरूको निर्माण अनि संशोधनमा ध्यान दिन पनि सरकारसँग माग गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघमा नयाँ निर्वाचित अध्यक्ष ठाकुर भण्डारीले भने ‘राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिजस्ता चुरे संरक्षणका नामा ल्याइएका सरकारका योजनाहरू सेता हात्ती हुन् । त्यसमा पैसा खर्च गर्नुको सट्टा त्यसलाई पनि बन तथा वातावरण ऐनहरूमा समेट्नुपर्छ भन्ने हाम्रो सुरुवातदेखिकै मागहरू हुन् ।’

उनले सामुदायिक बन उपभोक्ताहरूलाई निषेध गर्ने मनसायले बेला बेलामा सरकारले यस्ता कार्यक्रमहरू जवर्जस्ती लागु गर्दै आएको पनि गुनासो गरे । जसलाई बन-वातावरण ऐन अन्तर्गत नै संरक्षणका दायरामा पर्छन् ।

‘जैविक विविधता महासन्धीको पन्ध्रौं सम्मेलनबाट लागु गरिएका जैविक विविधतासम्बन्धि विश्वव्यापी प्रारुप (२०२०-२०५०)ले सामुदायिक संरक्षणका माध्यमबाट नै जैविक विविधता संरक्षण गर्ने व्यवस्था गरेको अवस्था छ’ घोषणापत्रमा भनिएको छ, ‘नेपालमा भने मानव अधिकारको उल्लंघन हुनेगरी निरन्तर रुपमा सरकार नियन्त्रित संरक्षित क्षेत्रको घोषणा र विस्तार गरिँदै आएकोले मानव अधिकार विरोधी चुरे वातावरण संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०४९ लगायत संरक्षित क्षेत्रहरू खारेज गरी सामुदायिक वनका माध्यमबाट नै जैविक विविधता र प्राकृतिक वातावरणको संरक्षण गर्ने प्रतिवद्धताका लागि नेपाल सरकार सम्वद्ध पक्षसँग हार्दिक अपिल गर्दछौं ।’

त्यस्तै उनले चुरे तथा महाभारत पर्वतमाथि हुने कुनै पनि प्रकारका दोहन पनि महासंघलाई सैह्य नहुने चेतावनी दिए । हालै मात्र सरकारले ल्याएको नीति तथा कार्यक्रममा चुरे क्षेत्रबाट ढुङ्गा, बालुवा र गिट्टी लगायतका वस्तु निकासी गर्ने योजना समावेश छ ।

‘यस्ता कामको हामीले पहिलादेखि नै विरोध गर्दै आएका छौं । सरकारका सबै नीतिहरूलाई स्वागत गरेका छैनौं’ अध्यक्ष भण्डारीले भने ‘चुरे वा महाभारत जहाँ पनि यस्ता वातावरण र विनासकारी नीति कार्यक्रमहरू हामीले कहिल्यै स्विकार गर्दैनौं ।’

यस्तो छ- महासंघको २० बुँदे घोषणापत्र

 

 

 


प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP