नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कपिलवस्तुमा सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान, पलायन हुँदै तस्कर
कपिलवस्तुमा सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान, पलायन हुँदै तस्कर
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १, २०८० बागेश्वरी पोस्ट
कपिलवस्तुमा सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान, पलायन हुँदै तस्कर

कपिलवस्तु  । सशस्त्र प्रहरीको कपिलबस्तुमा तस्करी निस्तेज अभियान अन्तर्गत बर्तमान समयमा तस्करी शुन्य झै भएको छ । 

ठुला-साना तस्करी गरी ल्याइएका अवैध सामग्रीलाई  नेपाली सीमामा सशस्त्र प्रहरीले कडा निगरानी गर्दै धमाधम नियन्त्रणमा लिएपछि तस्करहरु गुप्तबास बसिसकेका छन् ।

सशस्त्र प्रहरी नम्बर २८ गण कपिलबस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जीवन केसीले कमाण्ड सम्हाले यता तस्करी निस्तेज अभियान अन्तर्गत मातहतका जिल्लाभका बिओपी र बेसहरुले तस्कर र  तस्करीको  कडा निगरानी र छिटफुट ल्याउने साना अवैध समाग्रीलाई समेत बरामद गरिरहँदा कपिलवस्तुका तस्करहरुले यतिबेला भन्सार तिरेर नै सामग्रीहरु ल्याइएको पाइएको छ ।

'कपिलवस्तुमा सशस्त्र प्रहरीले तस्करविरुद्ध अपरेसन चलाइरहँदा ठुला तस्करहरु लगभग पलायन नै भएका छन् । खुला सीमा नाकाका कारण केही स-साना अवैध सामग्री ल्याएपनि हाम्रो टोलीले ती सामग्री समेत बरामद गर्दै आएको छ', एसपी केसीले बताए।

एसपी केसीका अनुसार सशस्त्र प्रहरीको सचेतना अभियानले आजभोलि सर्वसाधारणले पनि भन्सार कर तिरेर सामग्रीहरु ल्याउने गरिरहेका छन् ।

९३ किलोमीटर लामो सीमा  रहेको कपिलवस्तुमा धेरै त्यस्ता नाकाहरु भएपनि जिल्लाभर सशस्त्र प्रहरीको गस्ती, अमुगमन तथा एसपी केसीले आफ्ना मातहतका युनिट कमाण्डरहरुलाई दिएको कडा निर्देशनले जुन नाकाबाट अवैध सामग्री ल्याएपनि बरामद गरेपछि तस्करहरु नै बैकल्पिक बाटो रोज्दै अन्य व्यवसाय गर्न बाध्य बन्दै आएका छन् ।

कपिलवस्तुमा सशस्त्र प्रहरी एसपी केसी आफैँ भारतीय सशस्त्र सिमा बल (एसएसबी) सँग तस्करी नियन्त्रणका विषयमा समेत अन्तरक्रिया गर्दै आएका छन् । यति मात्रै हैन एसपी केसीले 'एक रात बिओपी र एक दिन सीमा स्तम्भ निगरानी' गर्दै त्यहाँको बस्तु अवस्था बुझ्दै आएका छन् । 

कपिलवस्तुमा सशस्त्र प्रहरीको निगरानी बढ्दा सीमामा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध  बन्द झै भएका छन् ।

एसपी भन्छन्, "हाम्रो  कार्य सीमामा हुने अपराध, अवैध गतिविधि लगायत भन्सार राजस्व वृद्धि गर्नु पनि हो, हाम्रो टोलीले २४ सै घण्टा सीमामा निगरानी गर्दै आउँदा तस्करहरुको मनोबल कमजोर भएर पलायन हुँदै  गएको अवस्था छ ।"

दुई दिन अघि मात्र लुकिछिपी भारतबाट अवैध सामग्री ल्याउने क्रममा जिल्लास्थित मर्यादापुर बिओपीले  सिद्दार्थनगर  नगरपालिका वडा नं. ३ सेमरहवामा २ लाख रुपैयाँ बराबरको अवैध  लत्ताकपडा एबं जुत्ताचप्पल बरामद गरेपछि तस्करी बन्द झै बनेको एसपी केसीले बताए ।

एसपी केसीले जिल्ला कमाण्ड सम्हालेको ५ महिना ७० लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्न सफल भइसकेका छन् । उनले अवैैैध सामग्री बरामद गर्दै साना तस्करहरुले  प्रयोग गर्ने मोटरसाइकल, साइकल, स्कुटर लगायत  सवारी साधन समेत बरामद गरेपछि तस्करहरुको बिचल्ली भएको हो ।

तस्करी निस्तेज अभियान अन्तर्गत सशस्त्र प्रहरीको सर्हानीय कार्यप्रति कपिलवस्तुमा व्यापारीहरु हर्षित भएका छन् । उनीहरु भन्छन्, ' खुला सीमाका कारण  केही मात्रा तस्करी भएपनि सशस्त्र प्रहरीको निगरानीले बरामद भइहाल्ने डरले तस्करहरु पलायन हुँदा राज्यलाई कर तिरेर समग्र व्यापार व्यावसाय गर्ने व्यापारीहरुलाई राहत मिलेको छ ।'

 

 


प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके प्रहरी: ४७ फरार प्रतिवादी पक्राउ, १६६ ग्राम बढी ब्राउन सुगर बरामद
बाँके प्रहरी: ४७ फरार प्रतिवादी पक्राउ, १६६ ग्राम बढी ब्राउन सुगर बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP