नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दाङका सञ्चार उद्यमी हेमराज हत्याकाण्डको १३ वर्ष पुग्दासम्म पक्राउ परेनन् हत्यारा
दाङका सञ्चार उद्यमी हेमराज हत्याकाण्डको १३ वर्ष पुग्दासम्म पक्राउ परेनन् हत्यारा
बागेश्वरी पोस्ट
शनिबार, साउन ६, २०८० बागेश्वरी पोस्ट
दाङका सञ्चार उद्यमी हेमराज हत्याकाण्डको १३ वर्ष पुग्दासम्म पक्राउ परेनन् हत्यारा

यमकला भुषाल/तुलसीपुर।  १३ वर्ष वितिसक्दा पनि तुलसीपुर एफएमका तत्कालिन अध्यक्ष देविप्रसाद धिताल (हेमराज)को हत्याराको अझै अत्तोपत्तो छैन् ।

२०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर तुलसीपुर – सितलपुर सडक खण्ड अन्तरगत तुलसीपुर – १२ हेमनगरमा हतियारधारी अज्ञात समूहले लखेटी लखेटी गोली हानेर हत्या गरेको थियो । 

जतिखेर हेमराज मोटरसाइकलमा सवार थिए । 

नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा उम्मेदवारी घोषणा गरेका उनी आफ्नै गाविस साबिक उरहरीका नेता कार्यकर्तासँग दिनभर जसो परामर्ष लिएर तुलसीपुरतर्फ फर्किदै थिए ।

गोली हानेपछि  उक्त समुह मकै बारी हुँदै पूर्वको ग्वारखोलातर्फ लागेको त्यतिखेर प्रत्यक्षदर्सी स्थानीयले बताएका थिए । 

सुनियोजित तरिकाले धिताल घर फर्किने बाटो ढुकेर बसेको उक्त अज्ञात हतियारधारी समुह को थियो ? भन्ने बारे अझैं प्रहरी प्रशासनले दोषीको पहिचान गर्न तथा सार्वजनिक गर्न सकेको छैन । जसले गर्दा धितालको हत्या गर्नुको कारण के थियो ? भन्ने सम्म सार्वजनिक हुन सकेको छैन । हत्याराको पहिचान हुन नसक्नु र सार्वजनिक नगरिनुले धिताल परिवारले न्यायको अनुभूति गर्न सकेको छैन । 

१३ वर्षदेखि प्रहरी घटना अनुसन्धानकै क्रममा भएको बताउँदै आएको छ । पछिल्लो समय प्रहरी प्रशासनले घटना अनुसन्धानमा आवश्यक चासो नदेखाएको सरोकारवालाहरुको गुनासो छ। 

रेडियो तुलसीपुर संचालक समितिको अध्यक्ष,राप्ती यातायात समितिको अध्यक्ष, लायन्स क्लव लगायतको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल धितालको हत्याको कारण जान्न र हत्यामा संलग्न ब्यक्ति छिटो सार्वजनिक हुनुपर्ने आवाज उठ्दै आएपनि अझैं त्यसबारे अन्यौंलता कायमै छ । 

यसैबिच देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि स्वर्गीय धितालको १३ औं स्मृतिमा माल्यार्पण कार्यक्रम गरेको छ । कार्यक्रममा स्वर्गीय धितालकी आमा, श्रीमती, भाइ, भाइ बुहारी,रेडियो तुलसीपुरका अध्यक्ष दिपेन्द्र गिरी लगायतले धितालको शालिकमा माल्यार्पण गरेका थिए । 

कार्यक्रममा बोल्दै देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानका उपाध्यक्ष एवं त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेश हमालले लामो समयसम्म पनि सञ्चार उद्यमी जस्तो व्यक्तिको हत्यारा पत्ता नलाग्नु आम नेपालीको लागि पिडादायिक विषय भएको बताए । 

उनले यस्ता जघन्य अपराधका घटनाको कारण र त्यसमा संलग्न ब्यक्तिहरु जति हुन्छ छिटो सार्वजनिक गर्न तर्फ राज्य लाग्नु पर्ने बताएका थिए । 

रेडियो तुलसीपुर एमएमका कोषाध्यक्ष एवं प्रतिष्ठानका सचिव महेन्द्र लामिछानेले स्वर्गिय धितालको परिवारको न्यायका लागि बिगतदेखि नै विभिन्न किसिमले जोडदार माग गर्दै आएको हत्यारा सार्वजनिक नगर्दासम्म चुप लागेर नबस्ने बताए । 

मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय उपसभापति सुशिल बस्नेतले रहस्यमय बन्दै गएको  धिताल हत्याकाण्डको अनुसन्धानमा पछिल्लो समय सुरक्षा निकायले मौन बस्नुले थप आशंकाहरु पैदा भएको बताए।त्यसक्रममा मानव सेवा आश्रम तुलसीपुरमा फलफूल तथा खाद्यन्न सामाग्रीहरु वितरणपनि गरिएको थियो । त्यस कार्यक्रमको सहजिकरण शरद रेग्मीले गरेका थिए ।

 


प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP