नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • रुपन्देहीबाट ३० लाखको कपडा र मकवानपुरमा ट्रकसहित ९२० किलो गाँजा बरामद
रुपन्देहीबाट ३० लाखको कपडा र मकवानपुरमा ट्रकसहित ९२० किलो गाँजा बरामद
बागेश्वरी पोस्ट
सोमबार, असोज १, २०८० बागेश्वरी पोस्ट
रुपन्देहीबाट ३० लाखको कपडा र मकवानपुरमा ट्रकसहित ९२० किलो गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरी देशभरका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध सामग्री र करिब एक क्विन्टल  गाँजा बरामद गरेको छ ।

अवैध सामग्री बरामदकै क्रममा रुपन्देहीबाट सशस्त्र प्रहरीले लाखौं रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । 

जिल्लाको रोहीणी गाउँपालिका-५ स्थित तरकुलहवाबाट घरमा लुकाई राखिएको अवस्थामा सशस्त्र प्रहरी ३० लाख रुपैयाँको अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेश प्रमुख डीआईजी अभि खत्रीले जानकारी दिएका छन् ।

डीआईजीका खत्रीका अनुसार विशेष सूचना पाएर खटिएको सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको टोलीले दुई जना स्थानीयको घरमा लुकाइराखेको अवस्थामा ३० बोरा लत्ताकपडा र २ पोका प्लाष्टिक लेमिलेशन पेपर बरामद गरेको हो ।

आइतबार बरामद गरिएको ३० लाख रुपैयाँ बराबरका उक्त अवैध लत्ताकपडा तथा सामाग्रीलाई आबश्यक कारबाहीका लागि भैरहवा भन्सार बुझाएको डीआईजी खत्रीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी लुम्बिनीको कमान्ड सम्हालेपछि डीआईजी खत्रीले तस्करीविरुद्ध खरोरुपमा उत्रन निर्देशन दिँदै गर्दा सशस्त्र प्रहरीले लुम्बिनीमा तस्करीविरुद्ध झनै खरो रुपमा उत्रँदै आएको छ ।

त्यस्तै मकवानपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १४ गणले भारतीय कन्टेनरमा ल्याउँदै गरिएको ९ सय २० किलो गाँजा, कन्टेनरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

चितवनको खुरखुरेबाट वीरगन्जतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५ नम्बरको भारतीय कन्टेनरमा फल्स बटम बनाई लुकाईछिपाई लैजाँदै गरेको उक्त गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले पाएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट खटिएको टोलीले हेटौडा-१० बसपार्कस्थित पूर्व–पश्चिम लोकमार्गबाट ९ सय २० किलो गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्लास्थित बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र ३६ वर्षीय योगेश वर्मा रहेका छन् ।

बरामद गरिएको गाँजासहितको कन्टेनर र पक्राउ परेका दुई जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको सशस्त्र प्रहरीले जनाएको  छ ।


प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP