prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ठुलो भयानक दुर्घटनाबाट धन्न जोगियो त्रिभुवन विमानस्थल
ठुलो भयानक दुर्घटनाबाट धन्न जोगियो त्रिभुवन विमानस्थल
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २८, २०७६ बागेश्वरी पोस्ट
ठुलो भयानक दुर्घटनाबाट धन्न जोगियो त्रिभुवन विमानस्थल

काठमाडौं । विमानस्थल आफैंमा अतिसंवेदनशील क्षेत्र हो, त्यसमाथि काठमाडौंको व्यस्त अन्तार्राष्ट्रिय विमानस्थलमा सोमबार राती आगलागी भयो ।

हवाई सुरक्षाविज्ञहरुका अनुसार विमानस्थलको बोर्डिङ एरियाभित्र एउटा लाइटर बाल्नुलाई पनि निकै खतरापूर्ण मानिन्छ । अन्तार्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनभित्रैको कफिसपमा आगो सल्किएपछि विमानस्थल नै बन्द गर्नुपर्‍यो ।

एक्कासी आगो फैलिन सुरु गरेपछि करिब २ घण्टाभन्दा बढी उडान अवतरण नै बन्द गर्नुपरेको थियो ।विमानस्थलका एक अधिकारीका अनुसार यो आगलागी समयमै नियन्त्रण हुन पाएकाले ठूलो दुर्घटनाको जोखिम टरेको छ । यदि विमानस्थलमा थप आगो फैलिएको भए टर्मिनलभित्र मात्रै हैन, पार्किङमा रहेका विमानसम्म जोखिममा हुन्थ्यो । त्रिभुवन विमानस्थल निकै साँघुरो भएकाले पनि यस्ता घटनामा जोखिम उच्च हुने गर्छ ।

विमानमा ठूलो विष्फोटसहित आगो लाग्ने अवस्था आए त्यसले ठूलो विपद निम्तिने डर हुने ती अधिकारीको भनाइ छ । आयल निगम स्रोत अनुसार विमानस्थलको टर्मिनल भवनमा आगो लाग्दा निगमको हवाई इन्धन रिफ्युलर ट्यांकहरु धावनमार्ग आसपास नै थिए । यदि आगो फैलिएर यस्ता रिफ्युलरमा सल्किए मात्रै पनि ठूलो दुर्घटनाको निम्तिने निगमका अधिकारी बताउँछन् । ‘विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा भएको आगलागीलाई पटक्कै सममान्य मान्न सकिँदैन,’ ती अधिकारी भन्छन्,’विमानस्थलको भौतिक तथा विद्युतीय सुरक्षाको पाटो यसले छर्लङ्गै बनाइदिएको छ ।

’विमानस्थलको छेउमै निगमको हवाई इन्धनको डिपो समेत छ । जसले गर्दा विमानस्थल आफैंमा निकै जोखिममा छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केकसी समयमै यात्रीलाई बाहरि निकालिएकोले मानवीय क्षति नभएको बताउँछन् । उनले आगो के कारणले लागेको हो भन्नेबारे अनुसन्धान सुरु भएको छ । प्रहरीले विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने भनेपनि कफिसपको लापरवाही पनि कारण थियो कि भन्ने आशंका छ ।

केसीका अनुसार प्रतिक्षा कक्षको कफीसपबाट आगोलागी फैलन थालेलगत्तै यात्रीलाई धावनमार्गतर्फको भागको गेटबाट बाहिर निकालिएको थियो । यसरी यात्रीलाई एकाएक धावनमार्गतर्फ निकाल्दा अन्य खालका दुर्घटनाको पनि सम्भावना हुन्छ । तर, विमानस्थलले यसमा होसियारी अपनाएको थियो ।

यात्रुलाई बाहिर निकालेपछि मात्रै आगलागी नियन्त्रणमा लिन दमकल पुगेको थियो । विमानस्थलमा आगो लागेपछि अवतरण गर्नुपर्ने विमान होल्ड गर्नुपरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाइँले अति सम्वेदनशील स्थानमा सामान्य अगलागी मात्र भएको टिप्पणी गरेका छन् ।

उनले टिवटमा लेखेका छन्,’विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा विद्युत सर्ट हुँदा आगलागी भएको हो, यसबाट कुनै मानवीय क्षति भएको छैन । प्रहरी तथा विमानस्थलका बारूण यन्त्रले आगो नियन्त्रण भएको हो।’अनलाइनखबरबाट।


प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP