नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • कालपृष्ठले नेपालगन्जमा कन्सर्ट गर्दै, नि:शुल्क हेर्न पाइने
कालपृष्ठले नेपालगन्जमा कन्सर्ट गर्दै, नि:शुल्क हेर्न पाइने
banijya office RSG-2
गायक सुनिलसिंह ठाकुरीको प्रस्तुति रहने
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २१, २०८० बागेश्वरी पोस्ट
कालपृष्ठले नेपालगन्जमा कन्सर्ट गर्दै, नि:शुल्क हेर्न पाइने

नेपालगन्ज । नेपालगन्जमा यही कार्तिक २४ गते 'रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी' कन्सर्ट हुने भएको छ ।  कालपृष्ठ दैनिकले पहिलोपटक आयोजना गर्न लागेको 'रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी' कन्सर्टका बारेमा आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक बाँके खजुराका सुनिल सिंह ठकुरीले दर्शकमाझ आफ्नो प्रस्तुति राख्नेछन् । कालपृष्ठका प्रकाशक एवम् कन्सर्ट निर्देशक कमल खत्रीले सामाजिक सेवा भावले अभिप्रेरित भएर कार्यक्रम आयोजना गरिएको बताए ।

आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भएपनि योगदान गर्ने खत्रीको विश्वास छ । कन्सर्टबाट आम्दानी भएको रकम मानवीय सेवामा खर्च गरिने बताइएको छ ।

कन्सर्टमा सुनिलसँगै नेपालगन्जको स्थानीय ब्यान्ड 'आवाज द व्यान्ड' र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति देखाउनेछन् ।नेपालगन्ज बाँकेगाउँस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने कर्न्सटमा प्रवेश शुल्क निःशुल्क राखिएको छ । कार्यक्रम स्थलमा केही फुड स्टल समेत रहनेछन् ।

कर्न्सटमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको खत्रीले बताए । कर्न्सटको सोसियल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कर्न्सट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइनेछ । हालसम्म कन्सर्ट आयोजनाका लागि नेबिको बिस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोग गरेका छन् ।

गायक तथा संगीतकार समेत रहेका ठकुरीका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम 'क्रेजी ह्याट' हो । पहिलो एल्बममा रहेको 'भुलीभुली देउ' गीत १०औं इमेज अवार्डको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । सुनिलले गाएका गीत मध्ये 'घटना घट्यो', 'जनता जान्न चाहन्छन्', '१४ अञ्चल', 'म मान्छे बिन्दास', 'बेबी सुन न' चर्चित बनेका थिए । उनले जापानमा गाएको 'नागोया नागोया आउन बेबी नागोया' चर्चित बनेको थियो ।

उक्त गीतमार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचारप्रसारमा योगदान गरेको भन्दै जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृत गरेको थियो । ठकुरीले आफ्नो ठाउँमा आफ्ना गीत गाउन पाउँदा आफू निकै खुसी भएको बताए ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP