prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • चलचित्र छायांकन स्थल प्रवर्द्धनका लागि अन्तरक्रिया
चलचित्र छायांकन स्थल प्रवर्द्धनका लागि अन्तरक्रिया
banijya office
बागेश्वरी पोस्ट
आइतबार, पुस २९, २०८० बागेश्वरी पोस्ट
चलचित्र छायांकन स्थल प्रवर्द्धनका लागि अन्तरक्रिया

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासंग आज अन्तरक्रिया गरेको छ । गीत, संगीत र चलचित्र निर्माण गर्नका लागि बाँके बर्दिया जिल्लामा रहेका उपयुक्त ठाउँहरूको बारेमा स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सिनेमा हल सन्चालक लगायतसंग अन्तरक्रिया गरिएको हो ।

nepalgunj 081-082

बाँकेको डुडुवा गाउँपालिकाको कम्दी नजिकै रहेको पिकनिक स्थलमा आयोजना गरिएको अन्तर्क्रियामा सहभागीहरुले यहाँका धार्मिक, सांस्कृतिक, सामाजिक मूल्यमान्यता झल्कने स्थानीय चाडवाड, गाउँ, तालतलैया, बाटो, पूल, नदी लगायत समावेश गर्न सकिने सम्भावना रहेको बताए ।‌

कलाकार सुन्दर गुरुङले गुरुवागाउँ मेला, जोगागाउँ मेला लगायतका यहाँका मौलिक मेलाहरु चलचित्रमा समावेश गर्न सकिने बताए । साथै यहाँका ग्रामीण वस्ती, ग्रामीण क्षेत्र, बाटो, नदी, पुल, ताल लगायत छायांकनका लागि उपयुक्त रहेको उनले बताए ।‌

कार्यक्रममा सहभागीहरुले बाँके राष्ट्रिय निकुञ्ज, गाभर, अगैया, राप्ती पुल लगायतका स्थानहरु छायांकनका लागि उपयुक्त रहेको सुझाएको चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलले बताए । संकलन गरिएका सुझावहरुसहित संघले आगामी जेठमा छायांकन स्थलहरू समेटिएको बुकलेट प्रकाशन गर्ने तयारी गरिरहेको संघका सचिव बिक्रम बुढा क्षेत्रीले बताए ।

सहभागीहरुले यो काम एतिहासिक भएको बताउँदै विद्यालयहरुले स्थानीय पाठ्यक्रममा पढ्न पाउने गरी बुकलेट निर्माण गर्न सुझाव दिए । संघले सक्रियरुपमा नियमित कार्यक्रम गरिरहेको बताउँदै संघका सल्लाहकार कमल खत्रीले यससंगै व्यवसायिकरुपमा चलचित्र पत्रकारिता गर्न पनि सुझाव दिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बरिष्ठ कलाकार कैलाश प्रविण, श्यामानन्द सिंह, कमल विक निर्मोही, सुन्दर गुरुङ, विरेन्द्र यादव, जिनु, अनिता लामिछाने, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, पत्रकार झलक गैरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, बागेश्वरी सिनेमा हलका म्यानेजर, सिने रोयल लगायतका ७० बढीको उपस्थिति थियो ।

संघका नयाँ सदस्यहरुलाई स्वागत पनि गरिएको उक्त कार्यक्रमको सन्चालन संघका उपाध्यक्ष समिरमान श्रेष्ठले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २१:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP