नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएको साढे २६ लाख सहयोग
कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएको साढे २६ लाख सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ६, २०८० बागेश्वरी पोस्ट
कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएको साढे २६ लाख सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीका सिलसिलामा अफ्रीकी राष्ट्र  कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका- ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले आज केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले एनआरएन अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए ।

परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए । एनआरएनए महासचिव गौरीराज जोशीकाअनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवा-आमाको खर्च भनेर सहयोग गरिएको हो ।

सिल्लाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. केसीले यो दुखको घडीमा एनआरएनले थोरै भए पनि मलहम लगाउने प्रयास गरेको बताए । ‘हामी गैरआवासीयको विडम्बना नै यही हो । हामीले चित्कार गरिरहेको विषय नै यही हो । हामी नेपालबाट मासिकरुपमा चार लाख स्वस्थ मान्छे पठाएर शव बुझ्न बाध्य भएका छौं । यही पीडा कम गराउनको लागि नै गैरआवासीय नेपाली संघ स्थापना भएको हो । संघले स्थापनाकालदेखि नै संघले यो बाकस कति बुझिरहने, यसलाई कम गर्नुपर्यो भनेर धेरै काम गरेका छौं, यद्यपि रोकिएको छैन । आज सुरेश सिल्लाको पनि त्यही हालत भएको छ,’ उनले भने ।

धेरै नेपालीहरु श्रम स्वीकृत लिएर जाँदाखेरी अझ सुरक्षित भए पनि त्यो वातावरण नरहेको अध्यक्ष केसीको भनाइ थियो । ‘धेरैले स्वीकृति लिएर जानुभएको छैन । किनभने बाहिर निस्किँदा एयरपोर्टमै सेटिङ गर्नुपर्छ । कागजहरु हुँदाहुँदै पनि सेटिङ भएन भने, ४०-५० हजारदेखि १-२ लाखसम्म दिएन भने त्यो ठाउँमा जानै पाइँदैन । अफ्रिकाको कथा यही छ । कंगोको कथा यही छ । कंगोमा राम्रो तलबमा काम गर्न जान नेपालीहरु तयार छन्, त्यो ठाउँ छ । तर, कंगोमा नेपाल सरकारले स्वीकृति दिएको छैन । अफ्रिकामा उच्च सीपयुक्त नेपालीहरु जान तयार छन् । तर सरकारले दिँदैन,’ उनले भने । यस्ता देशहरुमा नेपालीहरुले राम्रो तलब पाउँछ भने किन जान नदिने भनेर श्रम मन्त्रालयसँग सम्वाद गरिरहेको उनले जानकारी गराए । 

कंगोमा करिब २ हजार नेपाली रहेको र उनीहरु पनि अवैधानिक रुपमै जान बाध्य भएको उल्लेख गर्दै भने, ‘छुट्टीमा नेपाल फर्किन पनि भारतबाट आउनुपर्छ । भारतबाटै फर्किनुपर्छ । सेटिङका कारण नेपालबाट जान नसक्ने बाध्यता छ ।’

यो बाध्यताका कारण विभिन्न कालखण्डमा जानेहरु मारिनुपरेको भन्दै अध्यक्ष केसीले यसलाई अन्त्य गर्न प्रयत्न जारी रहने बताए । ‘आज कलिलो बालक टुहुरो भएको छ । पत्नी विधुवा भएकी छन् । यो दुखको घडीमा कंगोका साथीहरुले सहयोग पठाएका छन् । धेरै भएर पठाएको होइन, ठूलो मन गरेर पठाएको हो । त्यो पैसा छोराको पढाईमा खर्च गर्नुस् । बच्चाको पढाइको लागि हामी अन्य सहयोग पनि गर्छौं,’ उनले भने ।

सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले राहत संकलन गरेर परिवारलाई सहयोग गरी दु:खको घडीमा मलहम लगाउने प्रयास गरेकोमा कंगोका नेपालीहरुलाई धन्यवाद दिए । उनले मृतकको परिवार र बच्चालाई पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘राष्ट्रका दक्ष युवाहरुको विदेश जाने परिपाटी बढ्यो । देशभित्रै रोजगारी सिर्जना नभएसम्म देश बन्दैन । विदेशमा जति काम युवाहरु गर्नुहुन्छ, त्यति नेपालभित्रै गरेको भए देश बन्थ्यो । तर, सरकारले त्यो वातावरण बनाउनुपर्छ । दैनिक लास भित्र्याउने दैनिक रोक्नुपर्छ । सीप र योग्यताको आधारमा नेपालमै काम गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्छ । नेपालमा कृषिको सम्भावना छ । तर, बाहिरबाट भित्र्याउनुपरेको छ । युवाहरु बाहिर जानुपरेको अवस्थालाई अब अन्त्य गर्नुपर्छ,’ उनले भने ।

 


प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP