नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लुम्बिनीमा सशस्त्र प्रहरीको अब्बल कार्य, १६ करोड बढीको अवैध सामग्री बरामद
लुम्बिनीमा सशस्त्र प्रहरीको अब्बल कार्य, १६ करोड बढीको अवैध सामग्री बरामद
बागेश्वरी पोस्ट
शनिबार, माघ १३, २०८० बागेश्वरी पोस्ट
लुम्बिनीमा सशस्त्र प्रहरीको अब्बल कार्य, १६ करोड बढीको अवैध सामग्री बरामद

नेपालगन्ज । लुम्बिनी प्रदेशभरबाट सशस्त्र प्रहरी बलले १६ करोड बढीको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यावासीनी बाहिनी चन्द्रौटा अन्तर्गत रहेका जिल्लास्थित गण र मातहतका कार्यालयले ६ महिनाको अवधिमा १६ करोड ९ लाख ९२ हजार ९७ करोड रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामग्री बरामद गरेको छ ।

गत साउन महिनादेखि पुस मसान्तसम्ममा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा सीमा सुरक्षा, शान्ति सुरक्षा कायममा मात्र अहोरात्र नखटिएर सीमा नाका हुँदै नेपाल ल्याइएका  ठुलो मात्रामा अवैध सामग्री बरामद गरेर सशस्त्र प्रहरी बल लुम्बिनीले अब्बल कार्य गरेको छ ।

लुम्बिनी प्रदेशभरका सीमासँग जोडिएका विन्ध्यवासिनी बाहिनी अन्तर्गत तैनाथ सशस्त्र प्रहरी कार्यालयहरु अन्तर्गत सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीका प्रमुख एसपी धिरेन्द्रराज न्यौपानेको कमान्ड रहेको जिल्लाभरबाट हुने अवैध गतिविधि र अवैध सामग्री ओसारपसारविरुद्ध गरेको कडाइले गत साउनदेखि पुस मसान्तसम्म  २ करोड ८ लाख ३२ हजार ३५१ रुपैयाँ  बराबरको अवैध सामग्री बरामद गर्न सफल बनेको छ । मुख्य नाकाबाट नभई साना र चोर बाटो हुँदै भारतबाट भन्सार छलेर ल्याइएका स-साना देखि ठुलो मूल्यका अवैध सामग्री बरामद गरेको पश्चिम नवलपरासी सशस्त्र प्रहरीले जिल्लाको शान्तिसुरक्षामा पनि अहम भुमिका खेल्दै आएको छ । केही दिनअघि मात्र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीले त्यहाँको सशस्त्र प्रहरीको कार्यसम्पादनको उच्च मुल्यांकन गरिने बताएका थिए ।

एसपी न्यौपानेले अवैध सामग्री बरामद मात्रै नगरी विभिन्न प्रकारका सामग्रीहरु मोटर पार्ट्स, भेली, फलफुल, खाद्यान्न लगायत लत्ताकपडा बोकेका १७ वटा सवारीसाधनहरु बिल बिजकमा गल्ती भेटिएकाले आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको विन्ध्यावासीनी बाहिनीले जनाएको छ । त्यसमध्ये १३ वटा सवारीसाधनहरुले १ करोड १५ लाख जरिवाना तिरेर धरौटीमा छाडिएका छन् भने अन्य ४ सवारीसाधनको अनुसन्धान प्रक्रिया भइरहेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बलकै अब्बल मानिने सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपक थापाको कमान्ड रहेको रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नम्बर २७ गणले ६ महिनाको अवधिमा झण्डै साढे ३ करोड रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ । क्षेत्रफलमा ठुलो रहेको रुपन्देही जिल्लामा सीमित श्रोत र साधनका बाबजुद सशस्त्र प्रहरीले यति धेरै मूल्यको अवैध सामग्री बरामद गर्नु पक्कै पनि सुखद हो । 

रुपन्देहीबाट सशस्त्र प्रहरीले भन्सार छली लिएर आएका अवैध लत्ताकपडा कपडा, किराना, मोटर पार्ट्स, खाने सामग्री, अवैध रुपैयाँ लगायतका अन्य सामग्री गरी ३ करोड ३५ लाख ३२ हजार ८३५ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो । रुपन्देही सशस्त्र प्रहरीले  राजस्व अनुसन्धानमा पठाएका धेरै सवारीसाधनहरुको अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यहाँस्थित सशस्त्र प्रहरीले सीमापारीको सुनौली बजार जाने नेपालीहरुले ल्याउने सामग्रीमा पनि भन्सार महशुल तिर्नुपर्छ भन्ने सन्देश दिँदै आइरहेको छ।

सशस्त्र प्रहरी बलकै नम्बर २८ गण कपिलवस्तुस्थित सशस्त्र प्रहरी सक्रिय रुपमा लागेर अवैध तस्करीविरुद्ध धावा बोल्दै  ६ महिनामा  झण्डै एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । त्यहाँको सशस्त्र प्रहरीले ९४ लाख ३१ हजार २७० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो । 

कृष्णनगर मुख्य भन्सार रहेको उक्त जिल्लाबाट कमै मात्र अवैध सामग्री भित्र्याइने भएपनि कपिलवस्तुस्थित सशस्त्र प्रहरीका एसपी जीवन केसीको साहासिक कार्यले तस्करहरुको मनोबल नै खस्किसकेको त्यहाँका स्थानीय ब्यापारीहरु बताउँछन् । लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरीले सुरु गरेको सीमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको  कपिलवस्तुबाट सुरु भएको हो ।

भारतसंग सीमा जोडिए पनि भौगोलिक विकटताले अति विकट मानिने दाङको दक्षिणी भेगबाट आक्कल झुक्कल ल्याइने अवैध सामग्रीलाई समेत सशस्त्र प्रहरी बल नम्बर २९ गण भालुबाङले ६ महिनामा ४६ लाख  ९ हजार ४७३ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । दाङमा एउटा प्रस्तावित सीमा सुरक्षा गुल्म छ । सशस्त्र प्रहरी बल नम्बर २९ गणमा गोपाल श्रेष्ठ प्रमुख हुन् ।

यसैगरी व्यस्त नाका र सुगम जिल्ला मानिने बाँकेबाट सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले गत साउनदेखि पुस मसान्तसम्म  लुम्बिनीमै सबैभन्दा बढीको अवैध सामग्री बरामद गर्न सफल भएको छ । बाँकेबाट सशस्त्र प्रहरीले गत साउनदेखि पुस मसान्तसम्ममा ७ करोड ५३ लाख ९४ हजार ९३१ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ । यो अनुपातमा त्यहाँको सशस्त्र प्रहरी प्रति महिना १ करोड बढीको अवैध सामग्री बरामद गर्न सफल बनेको छ । 

बाँकेमा सशस्त्र प्रहरीका प्रमुख रमेश बिक्रम शाहीको कडाईले अन्य नाकाबाट हुने अवैध तस्करी समेत निर्मुल बन्दै गएको छ । 

यता जिल्ला ठुलो भएपनि एउटा मात्र छोटी भन्सार रहेको बर्दियामा सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले  ५६ लाख ९१ हजार २३७ रुपैयाँ    बराबरको अवैध सामग्री बरामद गरेको छ । त्यति धेरै सामाग्री ओसारपसार नहुने बर्दियामा पनि सशस्त्र प्रहरीको अहोरात्र पहराले फाटफुटमा अवैध तस्करीका सामग्री पनि सशस्त्र प्रहरीले बरामद गर्दै आएको छ । त्यहाँको सशस्त्र प्रहरी प्रमुखमा एसपी हर्क शाही छन् ।

सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई  सीमा नाकाबाट हुने मानव बेचविखन रोकथाम, लागूऔषध कारोबारविरुद्ध र अपराधलाई समेत नियन्त्रण गर्दै आएर जिल्लाहरुमा शान्ति सुरक्षामा समेत उल्लेखनीय भुमिका खेल्दै आएको छ ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी मुख्यालय नम्बर ५ विन्ध्यावासीनी बाहिनीको प्रमुखको रुपमा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) अभि खत्रीको अगुवाईमा सीमा सौन्दर्यकरणको काम समेत सुरु गरिएको छ । खत्रीको नेतृत्वमा बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकाबाट सौन्दर्यकरण कार्यको थालनी गर्दै सशस्त्र प्रहरी विन्ध्यावासीनी बाहिनीले जमुनाह सीमा नाकामा स्वच्छ र शुद्ध खानेपानीको समेत व्यवस्था गरिसकेको छ ।


प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
सवारी दुर्घटनामा बाँकेमा दुई महिनामा ११ जनाको मृत्यु
सवारी दुर्घटनामा बाँकेमा दुई महिनामा ११ जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP