नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपालगन्जमा पहिलोपटक 'फिल्म फेस्टिबल' हुँदै
नेपालगन्जमा पहिलोपटक 'फिल्म फेस्टिबल' हुँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ५, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जमा पहिलोपटक 'फिल्म फेस्टिबल' हुँदै

नेपालगन्ज । बाँके जिल्लामा पहिलोपटक 'फिल्म फेस्टिबल' आयोजना हुने भएको छ ।नेपालगन्जमा द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन फिल्म फेस्टिबल २०२४ आयोजना गर्ने भएको हो ।

यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्य सम्बन्ध स्थापना भएको ५०औं बार्षिकोत्सव मनाउन गरिएका थुप्रै कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा भएको आयोजकले जनाएको छ । जस अन्तर्गत नेपालगन्जमा वैशाख ३ गते नेपाल–युरोपियन युनियन फिल्म फेस्टिबल २०२४ आयोजना हुने भएको हो ।

“युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्षः साँस्कृतिक विविधताको उत्सव” भन्ने मूल नाराका साथ महोत्सवको १३औं संस्करणका रुपमा यही चैत ७ गतेदेखि महोत्सव आयोजना हुँदैछ । चलचित्र महोत्सवको उद्घाटन कार्यक्रम भने काठमाडौंमा चैत ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा मार्टिन म्याकडोनागले निर्देशन गरेको विभिन्न अवार्ड जितेको चलचित्र ‘द ब्यानशिस अफ इनिशेरिन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र डाय ड्रिम्स प्रदर्शित हुनेछ ।

त्यस्तै चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेशमा र कर्णाली प्रदेशमा वैशाख ७ र ८ गते महोत्सव आयोजना हुनेछ । महोत्सवको हरेक स्क्रिनिङ्ग एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुई वटा फिल्महरु देखाइनेछन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिष्पर्धा आयोजना गरिएको थियो । विजेता चलचित्रका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु शरद क्रृतुमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्रहरुको  महोत्सवमा सहभागी हुनेछन् ।

यो महोत्सवको लागि १० वटा लघु नेपाली चलचित्रहरु प्रतिष्पर्धामार्फत छनौट गरिएको थियो । प्रतिष्पर्धी युवा नेपाली चलचित्र निर्देशकहरूबाट ठूलो संख्यामा चलचित्रहरु सब्मिट भएका थिए ।

महोत्सव अवधिभर ९ वटा युरोपियन चलचित्रहरु र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । युरोपियन चलचित्रहरुमा मार्टिन म्याकडोनाग निर्देशित द ब्यानशिस अफ इनिशेरिन (आयरल्याण्ड), मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्लस् (स्पेन), एन्टोनियो लुकिच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्टस् (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानिया, स्लोभाकिया), भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड (बुल्गेरिया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट (स्पेन) रहेका छन् ।

यसैगरी महोत्सवमा नेपाली चलचित्रहरु शान्ता नेपाली निर्देशित डाय ड्रिम्स, गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल प्रदर्शन हुनेछन् ।

साथै अभिनेत्री उपासना सिंह ठकुरी यस चलचित्र महोत्सवको दूत (एम्बास्डर) रहेकी छिन् ।


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP