नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील भएर लागेको छ: प्रधानमन्त्री
नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील भएर लागेको छ: प्रधानमन्त्री
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २३, २०८१ बागेश्वरी पोस्ट
नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील भएर लागेको छ: प्रधानमन्त्री

काठमाडौँ । सरकारले नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बताएका छन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । 

प्रधानमन्त्री प्रचण्डले भने, “निकै ठूलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ । स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ ।”

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ शैया निःशुल्क उपलब्ध गराइएको भन्दै प्रधानमन्त्रीले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरूद्धको खोप निःशुल्करूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए । “सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कूल शैयाको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ”, प्रधानमन्त्रीले भने, “यस्ता कामले स्वास्थ्य क्षेत्रका अधिकार व्यवहारमा कार्यान्वयनका लागि आधारभूत अर्थ राख्दछन् ।” 

संविधानको व्यवस्था अनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल र अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने पनि प्रधानमन्त्री दाहालको भनाई छ । 

आफूले सरकारको नेतृत्व लिए लगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्रीले सबै शैया तथा शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए । 

 

 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP