prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीको बैशाखभरको प्रगति...
बाँके प्रहरीको बैशाखभरको प्रगति...
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ३, २०८१ बागेश्वरी पोस्ट
बाँके प्रहरीको बैशाखभरको प्रगति...

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले बैशाख महिनाभर गरेको अवैध तस्करीविरुद्धको कारबाहीमा ५२ लाख ६ हजार ८२५ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

nepalgunj 081-082

अवैध तस्करीविरुद्धको कारबाहीको दौरानमा बाँके प्रहरीले अवैध सामग्री, अवैध सामग्री ढुवानीमा प्रयोग भएको एउटा ट्रक र ३ वटा मोटरसाइकलसहित २३ जनालाई पक्राउ गरेको र आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय नेपालगन्ज बुझाएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

त्यस दौरानमा बाँके प्रहरीले कागजपत्र नभएका र सवारी धनी नखुलेका ३ लाख १० हजार मूल्य कायम गरेर ६ वटा मोटरसाइकललाई आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाएको छ ।

त्यसैगरी बैशाख महिनाभर नदीजन्य पदार्थको अवैध उत्खनन गर्दै गरेका दुई जेसीबी र अवैध उत्खनन गरिएको नदीजन्य पदार्थ ढुवानी गरिरहेका ८ वटा टिपरलाई कारबाही गर्दा १० लाख ५ हजार रुपैयाँ जरिवाना गराइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

बाँकेभर नियम उल्लंघन गरेर चलाइएका ३२५८ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । जसअन्तर्गत कारबाही परेका सवारीसाधनबाट ३६ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

जिल्ला प्रहरी बाँकेले अपराध नियन्त्रणको सिलसिलामा नेपालगन्ज-१३ बाट कटुवा पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा बाँके प्रहरीले विभिन्न होटेल तथा रेस्टुरेन्टहरुमा चलाइएको अवैध यौनधन्दा गर्ने र गराउने २८ जनालाई लिएर कारबाही गरेको डीएसपी डाँगीले बताए ।

यसैगरी महिला तथा बालबालिका सम्बन्धि १७ वटा मुद्दा दर्ता गरी ९ जनालाई पक्राउ गरेर कानुनी कारबाहीको प्रक्रिया चलाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । जस अन्तर्गत ५४ वटा घरेलु हिंसाको उजुरी आएकोमा ३६ वटा उजुरीको समाधन गरिएको हो ।

बाँकेभरबाट ५४ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएको निवेदनमा १८ जनालाई फेला पारेर अभिवाकको जिम्मा लगाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी बैशाखभर बाँकेमा समुदाय प्रहरी सहकार्य र गतिविधि अन्तर्गत सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनालाई प्रभावकारी बनाउन२५५ पटक सचेतनामूलक लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट  लगायत अन्य सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरीले समुदायमा प्रहरीबीचको सहकार्य अभिवृद्धि गर्दै आपराध रोकथामका लागि बैशाखमा ३९ पटक सचेतनामूलक कार्यक्रम सन्चालन गरेको छ । जसमा १० पटक आत्महत्या न्यूनीकरण, ७ पटक लागूऔषधविरुद्धको सचेतना र दुई पटक तेस्रो लिङ्गी र फरक क्षमता भएकाहरु र अल्पसंख्यकसँग प्रहरी कार्यक्रम गरेको डीएसपी डाँगीले जानकारी दिएका छन् ।

त्यस्तै बाँके प्रहरीको आन्तरिक सुदृढीकरण अन्तर्गत बाँकेभर रहेका प्रहरी कार्यालयहरुलाई एक आपसमा प्रतिस्पर्धा गराई सेवा प्रवाहलाई प्रभावकारितामा ल्याउन उत्कृष्ट कार्य गर्न बनाइएको मापदण्ड अनुसार इलाका प्रहरी कार्यालय धनौली खजुरा बैशाख महिनाको उत्कृष्ट कार्यालय रहन गएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

त्यसैगरी बाँके प्रहरीले बैशाखमा कर्मचारीको आचरण शुद्धीकरण अन्तर्गत आचरण विपरीत कार्य गर्ने दुई जना प्रहरीलाई विभागीय कारबाही गरेको जनाएको छ ।

प्रहरी कार्यालय परिसरभित्र सौन्दर्यकरण गरेर सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी परिसर र इलाका प्रहरी कार्यालय खजुरा परिसरमा वृक्षरोपण गरेको छ । यस्तै इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै त्यहाँबाट सेवा सुचारु गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

जिल्लाभित्रका संबेदनशील सडक र राजमार्ग सुरक्षाका लागि कोहलपुर नगर क्षेत्र र राजमार्गमा स्थानीय सरकारको सहयोगमा १६९ वटा सिसीटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP