नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम: छानबिन समिति
रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम: छानबिन समिति
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १३, २०७६ बागेश्वरी पोस्ट
रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम: छानबिन समिति

काठमाडौं ।तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ। ‘पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो। यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो’ समितिले सम्भावित कारणको रुपमा उल्लेख गरेको छ। मन्त्रालयले उक्त दुर्घटनाको छानविन गर्नका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति बनाएको थियो।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो। विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो। मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ। हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ। बिहानको ११:४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको थियो।

हेलिकप्टर १२:३४ मा दुर्घटनाग्रस्त भएको थियो। प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकप्टर दुर्घटनामा परेको बताएको छ। दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०।२ नटिकल माइलमात्र ९३७० मिटर० रहेको छ। हेलिकप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ। ‘त्यो समयमा धेरै टाढा जानुपर्ने हो तर हेलिकप्टरमा समस्या आएर फेरि हेलिप्याडमा फर्किने प्रयास गरेको जस्तो देखिन्छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी रहेको समितिको ठहर छ। समितिका अनुसार सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए। अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए। जवकी सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए। जुन उनीहरुले लागू गरेनन्।

तौल मिलाउन नसक्दा पाइलटलाई असहज अवस्था आएको र कठिन समयमा सही निर्णय लिनबाट चुकेको हुनसक्ने समितिको ठहर छ। ‘यताबाट जाँदा इन्धनको कारणले तौल सन्तुलित भए पनि पछि फर्कदा भने अगाडिको तौल बढी भयो, जसले अगाडितिर हेलिकप्टर हुत्तिने हुन्छ, यसले सेन्ट्रल अफ ग्राभेटी मिलाउन निकै कठिन भयो’ समिति सदस्यले भने। प्रतिवेदनका अनुसार तेह्रथुम पुग्दा २४० केजी इन्धन बाँकी र पाथिभराबाट हिड्दा १९५ केजी बाँकी रहेको हुनसक्ने देखिएको छ। यही कारणले दुर्घटना नटरे पनि मानवीय क्षति रोक्न सकिने उनको विश्वास छ,त्यहाँको अवस्था हेर्दा पाइलटले हेलिकप्टर पुन: हेलिप्याडमा फर्काउन खोजेका थिए तर सकेनन् किन भने त्यहाँ तौलको सन्तुलन नै मिलेन हेलिकप्टर फर्केर फेरि ल्यान्ड गर्न सकेको भए अवस्था अर्कै हुनेथियो उनले भने।

त्यस्तै हेलिकप्टर कम्पनीले गलत प्लान दिएर पाइलटले एक्कासी योजना परिवर्तन गरेको समितिले ठहर गरेको छ। समितिका अनुसार कम्पनीले काठमाडौंबाट पाँचथर जाने योजना बुझाएको थियो। तर एक्कासी तेह्रथुप गएर पाथिभर पुगेको देखिन्छ। त्यस्तै पाइलटले होस गुमाएको हुनसक्ने समितिले निष्कर्ष निकालेको छ। हाइपोक्सियाको प्रारम्भिक लक्षण देखिएर कठिन परिस्थितिमा पाइलटले होस गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।श्रोत : सेतोपाटी।


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP