Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा सवा करोडको अवैध सामान बरामद, १७ सय सवारीसाधन कारबाहीमा
बाँकेमा सवा करोडको अवैध सामान बरामद, १७ सय सवारीसाधन कारबाहीमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ६, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा सवा करोडको अवैध सामान बरामद,  १७ सय सवारीसाधन कारबाहीमा

बाँके । एसपी तुलबहादुर कार्की नेतृत्वको बाँके प्रहरीले जेठ महिनामा मात्रै सवा करोड बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी बाँकेले जेठ महिनामा मात्रै १ करोड ३१ हजार ९८० रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरेको हो ।

बाँके प्रहरी पछिल्लो जेठ महिनामा मात्रै अवैध उत्खनन लगायत अवैध सामान नियन्त्रणमा थप कडाई गर्दै उक्त रकम बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।

बाँकेमा जेठ महिनामा प्रहरीले चलाएको अपरेशनमा चोरीको बस, बोलेरो जीप लगायत ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । त्यसैगरी अवैध उत्खननमा संंलग्न भएका ५ वटा जेसिबी र ६ टिपरलाई कारबाही गर्दै १ लाख ४५ हजार रुपैयाँ राजश्व उठाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

यस्तै बाँके प्रहरीले चलाएको कारबाहीमा २ लाख ५८ हजार रुपैयाँ बराबरको भारतबाट अवैधरुपमा ल्याइएको करीव २ क्विन्टल बोइलर खुकुरा र १८ सय चल्ला बरामद गर्दै आबश्यक कारबाहीका लागि क्वारेन्टाइन कार्यालयमा पठाएको जनाएको छ ।

जेठ महिनामा १७१३ सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ६१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । बाँके प्रहरीले सवारी धनी नखुलेका १२१ वटा  मोटरसाइकल र स्कुटर लिलाम गर्दै ६ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

त्यसैगरी जेठमा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका १७२ मुद्दाहरुमा १२७ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै कानुनी कारबाही गरिएको छ । प्रक्रिया अगाडि नबढेका ६३ मुद्दालाई जेठ महिनामै फर्छ्यौट गरिएको हो । ठाडो उजुरीतर्फ बाँके प्रहरीमा आएको ४९९ मध्ये ३५१ लाई फछ्र्यौट गरिएकोमा १५ वटा  सम्बन्धित निकायमा पठाइएको छ भने १३३ वटा उजुरी फर्छ्यौट गर्न बाँकि रहेको बाँके प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जेठमा ४४ जनालाई पक्राउ गर्दै त्यसबापत १८ वर्ष २ महिना २९ दिन कैद र २३ लाख ७९ हजार २७४ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी बाँकेले जेठ महिना चोरी भएका ७ थान मोबाइल फेला पार्दै सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ भने चार जना मोटरसाइकल चोरलाई पक्राउ गर्नुका साथै ९ वटा चोरी भएका मोटरसाइकल फेला पारेको छ । त्यस्तै स्कुटर चोरीमा संंलग्न रहेका दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरेको बाँके प्रहरीले जनाएको छ ।

यसैगरी बाँके प्रहरीको महिला तथा बालबालिका सम्बन्धि ११ मुद्दा अन्तर्गत ३ मुद्दाका आरोपीलाई पक्राउ गरी कारबाही प्रक्रियामा ल्याएको छ । घरेलु हिंंसाको उजुरीतर्फ ६१ मध्ये ३१ वटा फर्छ्यौट गरिएको र अन्य उजुरीको अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि हराएका ९ वटा निवेदनमा ३ जनालाई फेला पार्दै परिवारको जिम्मा लगाएको जनाएको छ ।

 


 


प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP