Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'विपद् व्यवस्थापन र पूर्व तयारीमा सुपर परियोजनाको प्रत्यक्ष प्रभाव'
'विपद् व्यवस्थापन र पूर्व तयारीमा सुपर परियोजनाको प्रत्यक्ष प्रभाव'
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ३०, २०८१ बागेश्वरी पोस्ट
'विपद् व्यवस्थापन र पूर्व तयारीमा सुपर परियोजनाको प्रत्यक्ष प्रभाव'

नेपालगन्ज । विपद् व्यवस्थापन तथा पूर्व तयारीको कार्यमा सुपर परियोजनाले समुदायमा प्रत्यक्ष प्रभाव पारेको छ । नगरमा विपद् बारेमा सचेतना तथा जोखिम न्यूनीकरण र पूर्व तयारीका बारेमा स्थानीय सचेत भएको पाइएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ र युएन ओमेनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समिक्षा बैठकका सहभागीहरुले विपद्को क्षेत्रमा परियोजनाले उल्लेख्य काम गरेको बताएका थिए ।

बैठकमा नेपालगन्जमा सचेतना अभियान, स्थानीय तथा विभिन्न सरोकारवालाको क्षमता अभिबृद्धि र उपमहानगरपालिकामा नीति, योजना निर्माणको कार्यमा प्राविधिक सहयोग गरिएको छ । समिक्षा बैठकमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले परियोजनाको उपलब्धिसहितको कार्य प्रगतिको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

परियोजनाले आवासीय बीमा कार्यक्रम, व्यवसाय निरन्तरता योजना, फायर वाइक सेवा प्रारम्भ तथा दमकल सेवा चुस्त र प्रभावकारी, निजी क्षेत्रको सहभागिता तथा साझेदारी, वडास्तरमा विपद् पूर्व तयारीमा लगानी, अन्तरपालिकासंगको समन्वय र साझेदारी बढाएको व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।

उनका अनुसार नेपालगन्जमा सामुदायिक आपतकालीन प्रति कार्य टोली निर्माण गरी ४०० जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्वन्धि तालिम दिई समुदायमा कृत्रिम घटना अभ्यासमा संलग्न गराइएको छ । घरायसी आगलागी नियन्त्रणबारे सचेतनामूलक प्रदर्शनीमार्फत जानकारी पनि गराइएको छ ।

महेन्द्र माविमा बृहत्तर विद्यालय सुरक्षा योजना कार्यान्वयन, परम्परागत इनारको मर्मत गरी अग्नी नियन्त्रणसंग जोडिएको, साँघुरा गल्लीमा अग्नीसमक यन्त्रको स्थापना, विद्यालयको प्रवलीकरण, साँघुरा गल्लीको नक्सांकन गरी आपतकालीन मार्गको पहिचान, नगर प्रहरीलाई खोज तथा उद्धार तालिम दिई दक्ष बनाइएको छ ।

बैठकमा नेपालगन्जका कार्यबाहक मेयर कमरुद्दिन राईले नगरमा संचालित विपद्को कार्यक्रमले ठूलो सहयोग पुगेको भन्दै उपमहानगरपालिकाले आगामी दिनमा विपद्को क्षेत्रमा प्रभावकारी कार्य गर्ने प्रतिबद्धता गरे । बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोबद्र्धन सिंह सम्झना, विपद् समितिका संयोजक समिरप्रताप सिंह, वडा नं. ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, वाताबरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी लगायतले परियोजनाबारे आ–आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP