prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सितल वन वाटिकामा बृहत् वृक्षारोपण
सितल वन वाटिकामा बृहत् वृक्षारोपण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १, २०८१ बागेश्वरी पोस्ट
सितल वन वाटिकामा बृहत् वृक्षारोपण

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ स्थित सितल वन वाटिकामा आज वृहत् वृक्षारोपण गरिएको छ । साउने संक्रान्तिको अवसर पारेर नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा वन वाटिकामा विभिन्न प्रजातिका आठ सय विरुवा रोपिएको संघका अध्यक्ष कृष्ण बहादुर पुनले जानकारी दिए ।

paribartan 1

उनका अनुसार धुपी सल्ला, अमला, बेल, अम्वा, छतिवन, गोल्डमोर, पारिजात, कपुर, सितलचिनी, जाकान्द्रा लगायतका विरुवा रापिएको हो । कोहलपुर नगर पालिकाको हरित नगर अभियानलाई समेत टेवा पुग्ने उद्देश्यका साथ वन वाटिकामा विरुवा रोपिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।

अहिले कोहलपुर नगरपालिकाले पनि हरित नगर निर्माणका लागि वृक्षारोपण कार्यक्रमलाई सघनरुपमा अघि बढाएको छ । वन वाटिकामा नगरपालिकाले समेत विरुवा उपलब्ध गराएको छ । वन वाटिकालाई पर्यापर्यटनसँग जोड्ने गरी स्थानीय सरकारले समेत प्राथमिकतामा राखेको वडा नं. ८ का वडा अध्यक्ष लालबहादुर रानाले बताए । ‘कोहलपुर नगरपालिकाको गौरवको योजनाका रुपमा वन वाटिकालाई पनि हेरिएको छ,' वृक्षारोपण गर्दै गर्दा उनले भने–‘यसलाई आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धनका रुपमा विकास गर्न सकियो भने कोहलपुरको पहिचान वन्न सक्छ ।’

सितल छायाँ सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको वन वाटिकाको मुहार फर्ने गरी योजना बनिसकेको अध्यक्ष रानाले बताए । उनले करीब २२ करोडको डिपिआर तयार भइसकेको पनि उल्लेख गरे । यहाँ ठूलो सेमिनार हल बन्नेछ । जहाँ ठूल्ठूला कार्यक्रमहरु गर्नका लागि कोहलपुर वाहिर जान नपरोस् । ध्यान केन्द्र निर्माणदेखि बालबालिका तथा युवायुवतीलाई भुलाउने संरचनाहरु निर्माण गर्ने योजना छ । नजिकै पौडी खेल्नका लागि नहर छ । थोरै लगानी गर्ने हो भने  खेलमैदानले आकार पाउँछ । नजिकै विद्युतिय समसान घाट निर्माण गरिँदैछ । ‘एक किसिमले यहाँ हरेक क्षेत्रलाई समेट्दै संरचनाहरु निर्माण गरेर कोहलपुरको पहिचानका रुपमा यसलाई विकास गर्ने गरी डिपिआर वनेको छ,' उनले भने–‘यसले डिपिआर अनुसारको संरचना हुने हो भने बाँकेकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सकन्छ ।’

वृक्षारोपण कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष भुपेन्द्र पुन, सितल छायाँ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुर्सल भण्डारी, स्थानीयबासी, बुद्धिजीवि, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । यो सामुदायिक वन दुई सय बढी हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP