नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा असारमा मात्रै ६४ जना फरार प्रतिवादी पक्राउ
बाँकेमा असारमा मात्रै ६४ जना फरार प्रतिवादी पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा असारमा मात्रै ६४ जना फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनाभर ६४ जना फरार प्रतिवादीलाई पक्राउ गर्दै कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएको छ । बाँके प्रहरीले ३ वर्ष ३ महिना ११ दिन कैद र ३ लाख १३ हजार ७२७ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने भएका ६४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै असार मसान्तसम्म प्रहरीले ८५ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरको अबैध भन्सार छलीको सामान, अवैध तस्करीमा प्रयोग भएको एउटा भ्यान र ३ वटा मोटरसाइकल बरामद गरी आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ ।

अवैध तस्करी रोक्ने क्रममा बाँके प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको १ लाख ६० हजार रुपैयाँको ब्रोइलर कुखुराको चल्ला बरामद गरेर पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाएको जनाएको छ।

त्यस्तै बाँकेभर गरिएको ट्राफिक कारबाहीतर्फ २७५४ वटा सवारी साधनलाई कारवाही गर्दै असारभर २१ लाख ४९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ ।

प्रहरीले असारमा दर्ता भएका १४५ वटा मुद्दामा ९१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ भने ५४ वटा पेन्डिङ भएका मुद्दालाई फर्छ्यौट गरेको हो ।

असारभर प्रहरी कार्यालयमा परेको ठाडो उजुरीतर्फ  ४२४ वटा मुद्दा प्राप्त भएको ३५२ फर्छ्यौट भएकोमा १० वटा सम्बन्धित निकायमा पठाइएको र ६२ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँँगीले बताए ।

लागूऔषध ओसारपसारबिरुद्धको अपरेसनमा बैंक प्रहरीले २५ ग्राम ९४० मिलिग्राम ब्राउनसुगरसहित १७ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याएको छ ।

बाँके प्रहरीले असार ३० गते नेपालगन्ज-४ स्थित आफ्नै घरबाट हराएको मोटरसाइकल फेला पार्दै सम्बन्धित सवारी धनीको जिम्मा लगाएको जानकारी दिएको छ भने  हराएका १५ थान मोबाइल फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । त्यस्तै प्राचीन स्मारक (बुद्धको मुर्ती) सहित ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको डीएसपी डाँँगीले जानकारी दिएका छन् ।

महिला तथा बालबालिका सम्बन्धि मुद्दातर्फ असारभर बाँके प्रहरीमा १४ वटा मुद्दा दर्ता भएकोमा १२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको हो । घरेलु हिंसातर्फ ७० वटा उजुरी प्राप्त भएकोमा ४६ वटा फर्छ्यौट भएको र बाँकी अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी बाँकेले असारमा मात्रै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिकको निवेदनतर्फ ३४  प्राप्त भएकोमा १४ जना फेला पारी परिवारको जिम्मा लगाएको तथा बाँकीहरुको खोजतलास जारी रहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP