नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गृहमन्त्री थापाको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न
गृहमन्त्री थापाको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १७, २०७६ बागेश्वरी पोस्ट
गृहमन्त्री थापाको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

कास्की । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा उक्त गोष्ठी शुक्रबारदेखि सुरु भएको हो ।

उक्त अवसरमा गृहमन्त्री थापाले वर्तमान समयमा देखा परेका सुरक्षा चुनौतीहरुलाई समाधान गर्दै समाजमा शान्ति, स्थायित्व एवं सुशासन कायम गर्न सर्वपक्षीय समन्वय एवं सहकार्यबाट परिस्कृत तथा एकिकृत रणनीतिक योजना अनुरुप लाग्नुपर्ने बताए । विकास एवं समृद्धिका लागि नागरिकको चेतना अभिवृद्धिमा समेत जोड दिनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश अन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृढिकरण गर्दै ज्ञान एवं कौशलले दक्षतापूर्ण प्रहरी जनशक्ति उत्पादन गरी थप रचनात्मक ढंगले जनता केन्द्रित प्रहरी सेवा प्रदान गर्नेतर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा गृहसचिव महेश्वर न्यौपानेले पेशागत अभिवृद्धि, उच्च व्यवसायिकता प्रदर्शन, जिम्मेवारीमा संवेदनशीलताका साथै आपसी समन्वय र सहकार्यबाट शान्ति सुरक्षा र अमनचयनको अवस्थालाई सदैव चुस्तदुरुस्त राख्न सकिने चर्चा गर्दै यसका लागि सबै निकाय एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव किरणराज शर्माले प्रदेशस्तरीय सुरक्षा प्रतिवेदन प्रस्तुत गरेका उक्त गोष्ठीमा गण्डकी प्रदेशका ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, वर्तमान सुरक्षा चुनौती, उपलव्ध साधनस्रोत, भावी रणनीतिक योजना लगायतका विविध विषयमा सहभागीहरुबीच दुई दिनसम्म छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान समेत भएको थियो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको अध्यक्षतामा सम्पन्न गोष्ठी समापन कार्यक्रममा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव हरि प्रसाद बस्याल, प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेनाका उच्च अधिकृतहरु, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, गण्डकी प्रदेशका ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP