नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा एक महिनामै ५१ जना फरार प्रतिबादी समातिए
बाँकेमा एक महिनामै ५१ जना फरार प्रतिबादी समातिए
RSG-2
भदौमा मात्रै डेढ करोडका अवैध सामान बरामद
बागेश्वरी पोस्ट
बुधबार, असोज २, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा एक महिनामै ५१ जना फरार प्रतिबादी समातिए

नेपालगन्ज ।  जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनाभरमा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेर ९ वर्ष २३ दिन कैद र १ लाख ४८ हजार रुपैयाँ बढी जरिवाना असुल उपर गर्न बाँकि रहेका ५१ फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

भदौमा मात्रै बाँके प्रहरीले १ करोड ५८ लाख ६३ हजार ४५७ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गर्न सफल भएको छ । बाँके प्रहरीले लत्ताकपडादेखि इलेक्ट्रिकल, मोटरपार्ट्स लगायतका अवैध सामग्री, जिप , मोटरसाइकल बरामद गर्दै ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । भदौको १० गते नै नेपालगन्जबाट ४०७ ग्राम सुन र १० किलो चाँदीसहित ४ जनालाई पक्राउ गरी आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी, जिल्लाभरबाट विभिन्न कसुरका ६२ मुद्दामा ६२ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने २४ वटा मुद्दा फर्छ्यौट गरिएको छ । कार्यालयमा आएका ५ सय १० ठाडो उजुरीतर्फ ४१४ मुद्दा फर्छ्यौट गरिएको छ भने ९१ वटा निवेदन प्रक्रियामा रहेको जनाइएको छ ।

त्यस्तै महिला तथा बालबालिकातर्फका २० मुद्दा दर्ता भएकोमा १० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यस्तै घरेलु हिंसा सम्बन्धि ६४ वटा उजुरीमा ५१ वटा फर्छ्यौट गर्दा बाँकी अनुसन्धान  प्रक्रियामा रहेका छन् ।

यसैगरी, जिल्ला प्रहरी बाँकेमा बेपत्ता तथा हराएको भन्दै खोजतलासका लागि दिइएको ४२ निवेदनमा २६ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेको बाँके प्रहरीले जनाएको छ ।

ट्राफिक कारबाहीतर्फ भदौ महिनामा २३ सय ७७ सवारीसाधनलाई कारबाही गर्दै १८ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले २२ जना लागूऔषध कारोबारीलाई पक्राउ गर्दै लागूऔषध मुद्दा चलाएको छ भने सोही दौरानमा ८३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर, ११३० ट्याब्लेट  नाइट्रोजेमा, ६११ ट्याब्लेट ट्रमाडोल जस्ता लागूऔषध बरामद गरेको जनाएको छ ।

त्यसैगरी समुदाय प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले ३७ पटक सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा लागूऔषध, साइबर अपराध, चोरी सचेतना लगायतका सचेतनामूलक कार्यक्रम गरेको थियो । 

जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत भदौ महिनामा इलाका प्रहरी कार्यालय भगवानपुर उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएको छ भने आचरण विपरीत कार्य गर्ने एक प्रहरी कर्मचारीलाई तीन पुस्ते जनिने गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP