Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीद्वारा लुम्बिनीमा दुई महिनामै पौने ८ करोडको अवैध सामान बरामद
सशस्त्र प्रहरीद्वारा लुम्बिनीमा दुई महिनामै पौने ८ करोडको अवैध सामान बरामद
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ६, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा लुम्बिनीमा दुई महिनामै पौने ८ करोडको अवैध सामान बरामद

काठमाडौं । लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले सीमा नाकामा अहोरात्र पहरा दिँदै खुला सीमा नाकाका कारण हुने अवैध ओसारपसारविरुद्ध कडाईका साथ काम गरिरहेको छ । अवैध तस्करीविरुद्ध धावा बोल्दै आएको सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरका सबै सीमासँग जोडिएका जिल्लाबाट अवैधरुपले भित्रिएका सामग्रीहरुलाई धमाधम बरामद गर्ने क्रममा गत साउन महिनादेखि हालसम्म पौने ८ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्न सफल भएको छ ।

सशस्त्र प्रहरीको नेतृत्व गरेको लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा  अन्तर्गतका तराईसँग सीमा जोडिएका ७ जिल्लामा तैनाथ सशस्त्र प्रहरी कार्यालयहरुले गत साउनदेखि असोजको पहिलो साता नवित्दासम्म ७ करोड ७४ लाख ७९ हजार ८ सय ६० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेका हुन् । अघिल्लो आर्थिक वर्षको साउनदेखि भदौ महिनासम्म सशस्त्र प्रहरीले लुम्बिनीभरबाट ५ करोड ७ लाख ८० हजार ७ सय ६२ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको थियो । विन्ध्यवासिनी बाहिनीका अनुसार बरामद गरिएका अवैध सामग्रीमा लत्ताकपडा, किराना सामग्री, चिनी, मोटर पार्ट्स, मोबाइल डिस्प्ले, कुखुरा लगायत अन्य रहेका छन् । सशस्त्र प्रहरीले बरामद गरेका सबै अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि सम्बन्धित जिल्लाका भन्सार कार्यालयमा बुझाइसकेको विन्ध्यवासिनी बाहिनीले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई सीमा नाकाबाट हुने मानव बेचविखन, लागूऔषध कारोबार र सीमा अपराधलाई कडा निगरानी गर्दै नियन्त्रणका लागि समेत अहम् भूमिका खेल्दै आएको छ । नागरिकको सुरक्षाका लागि प्राथमिक स्वास्थ्यतर्फ सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरका सीमावर्ती ७ जिल्लाका १७ स्थानहरुमा चौबिसै घण्टा हेल्थ डेस्कबाट समेत सेवा दिँदै आएको छ भने भदौ महिनामा मात्रै सन्चालित हेल्थ डेस्कबाट ४ हजार १५ र असोजको पहिलो सातासम्म १ हजार ६३ जनलाई सेवा दिइएको विन्ध्यवासिनी बाहिनीले जनाएको छ । त्यस्तै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बाहिनी, जिल्लास्थित गण, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी तथा बेसहरुले स्थानीय प्रशासन, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल लगायत सम्बन्धित सरोकार राख्ने निकायहरुसँग आबश्यक समन्वय गर्दै आमनागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालित भइसकेका छन् ।

केही समय अघि मात्र सशस्त्र प्रहरी लुम्बिनीको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रदीप कुमार पालले सीमा नाकामा हुने अवैध गतिविधिविरुद्ध कुनै सम्झौता नगर्ने बताएपछि सशस्त्र प्रहरी झनै खरोरुपमा उत्रेको छ ।डीआइजी पालले आफैं सीमा नाका अवलोकन गर्दै राज्यले दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर बहन गर्न प्रदेशभरका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP