prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो, अब राति १०.३० सम्म गेट खुल्ने
नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो, अब राति १०.३० सम्म गेट खुल्ने
banijya office RSG-2
गौरब गिरी
बुधबार, असोज २३, २०८१ गौरब गिरी
नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो, अब राति १०.३० सम्म गेट खुल्ने

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । 

भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १० बजेसम्म (भारतीय समय १० बजे) खुल्ला रहने र भारतीय नाकाबाट नेपाली बेरियरसम्म पैदल आउन १०-१५ मिनेट समय लाग्ने हुँदा समस्या भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै राजश्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णय अनुसार यात्रु शाखाको बेरियर भारतीय नाकाको समय अनुसार व्यवस्थापन गरिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । 

नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ । भन्सार नियमावली, २०६४ को नियम ६६ मा भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र बन्द गर्ने समय तोकी सर्वसाधारणका लागि भन्सार कार्यालयको सूचनापाटीमा टाँसिदिनुपर्ने भन्ने ब्यवस्था रहेको छ । 

यसैगरी भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाह नाका गेट नजिकै सारिएको छ । यसले सीमामा रहेका नेपाली बस्तीका मानिसहरुको आवागमनलाई सहज बनाउनेछ । यसअघि सीमाबर्ती गाउँका बासिन्दाले ब्यहोर्दै आएको सास्ती अब हट्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि यो आवाज उठाउँदै आएका थिए । 

May be an image of 1 person and text

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो निर्णय कार्यान्वयनसंगै नागरिकलाई निकै सहज हुने बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भारतीय र नेपाली सीमा सुरक्षा बेरियर गेट बन्द हुने समय नमिल्दा भइरहेको अप्ठरो अब सम्बोधन भएको बताए । 

May be an image of 3 people and text

बेरियर गेट खुल्ला रहने समय बढाइएको बारेमा जानकारी दिन जमुनाहमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त लगायतको उपस्थिति थियो ।

May be an image of 8 people and text


प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP