Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योगी-व्यवसायीमा देखिएका निराशा चिर्न सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
उद्योगी-व्यवसायीमा देखिएका निराशा चिर्न सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १, २०८१ बागेश्वरी पोस्ट
उद्योगी-व्यवसायीमा देखिएका निराशा चिर्न सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी

नेपालगन्ज । नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको ३२ र ३३औं साधारणसभालाई आज नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले देशभित्र सम्भावनाका चाङ्ग रहेको बताए । चुनौतीलाई सम्भावनामा बदल्नुपर्ने बेला आएको उनको भनाई छ । उद्योग व्यवसायले नयाँ मोड खोजिरहेको भन्दै मन्त्री भण्डारीले अब नयाँ ढंगबाट सोच्नुपर्नेमा जोड दिए । 

उनले आयात प्रतिष्थापन गर्दै निर्यात प्रवर्द्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताए । उत्पादन वृद्धि गर्दै निर्यात बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको मन्त्री भण्डारीको भनाई छ । बढ्दो व्यापार घाटा कम गर्दै जानुपर्ने मुख्य चुनौती रहेको उनको भनाई छ । उनले उद्योगी-व्यवसायीमा देखिएका निराशा चिर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य यही महिनाभित्र अगाडि बढ्ने समेत बताए । मन्त्री भण्डारीले तारबार र जमिन सम्याउने काम तत्काल सुरु हुने जानकारी दिए ।

साधारणसभाको उद्घाटन शत्रमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, प्रतिनिधिसभाका सांसद दीपा शर्मा, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा केसी नमुना र मिना श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी लगायतको उपस्थिति थियो । 

उद्घाटन शत्रमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसाल, दाङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, व्यवसायी ध्रुव दाहाल लगायतले साधारणसभा सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन महासचिव भिम रानाभाटले गरेका थिए । अध्यक्ष धामी लगायत बक्ताहरुले नेपालगन्जका व्यवसायीका कठिनाई, सीमा क्षेत्रमा व्यवसाय गरिरहँदा भोग्नुपरेका पीडा, नेपालगन्जलाई राज्यले हेर्ने दृष्टिकोण, भन्सार नीति लगायतका विषयमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । त्यस अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP