prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ५७ जना घुमुवा प्रहरी एकसाथ हटाइए
५७ जना घुमुवा प्रहरी एकसाथ हटाइए
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २, २०७६ बागेश्वरी पोस्ट
५७ जना घुमुवा प्रहरी एकसाथ हटाइए
फाइल तस्बिर

काठमाडौं । उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै घुमुवा प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो ।

जिम्मेवारीबाट हटाइनेमा १० वर्षदेखि एकै स्थानमा घुमुवाका रूपमा कार्यरत प्रहरीसमेत छन् । यसरी हटाइनेमा १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागबाट गरी १७ जना अधिकृत र हवल्दारसहित  ५७ जवान छन् । सबै घुमुवा प्रहरीलाई एक साथ जिम्मेवारी परिवर्तन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)विश्वराज पोखरेलले जानकारी दिए ।

घुमुवा प्रहरीलाई सादा पोसाकमा सूचना संकलनका लागि खटाइँदै आइएको थियो । उनीहरूमाथि ‘हप्ता असुली’सहितका अनैतिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लाग्दै आएको थियो । डीआईजी पोखरेलले लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता नदेखिएको भन्दै उनीहरूलाई एकसाथ परिवर्तन गरिएको बताए । ‘लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता देखिएन, सूचना संकलन क्षमताको प्रभावकारिता नदेखिएकाले सेटै फेरिएको हो,’ उनले राजधानीसँग भने ।

डीआईजी पोखरेलले यो अभियान निस्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भएको र अभियानमार्फत प्रहरी संगठनमा सुशासन कायम हुनेसमेत जनाए । ‘यो अभियान निस्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि हो, अभियानमार्फत प्रहरी संगठनमा सुशासन कायम हुने विश्वास छ,’ डीआईजी पाखरेलले भने । सादा पोसाकको जिम्मेवारीबाट हटाइएका प्रहरीलाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जमा पठाइएको छ ।

हटाइएका घुमुवाको विकल्पमा उच्च व्यावसायिकता र इमानदारिता भएका नयाँ टोली राख्न मातहतका अधिकृतलाई निर्देशन दिइएको पोखरेलले जानकारी दिए । जिम्मेवारी परिवर्तनपछि प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको डीआईजी पोखरेलले जनाएका छन् ।

आचरण र व्यवहार सुधार गर्न उनीहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगन्जमा सात दिने सुधारात्मक तालिमसमेत दिइनेछ । सो जिम्मेवारीमा नयाँ खटाइने प्रहरी अधिकृत तथा जवानहरू मूलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने बताइएको छ ।राजधानी दैनिक बाट साभार।


प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP