नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई
बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २, २०८२ बागेश्वरी पोस्ट
बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई

नेपालगन्ज । नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । वातावरणीय संरक्षणमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाई गर्न प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।

क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोग र बास नेपालको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र, तलाउ क्षेत्र तथा मन्दिरको चौतर्फी सरसफाई गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले समुदाय सरसफाई एक ब्यक्ति वा निकायले गरेर मात्रै नहुने बताउँदै सबैको संयुक्त प्रयास (सिनर्जी) मार्फत गर्नुपर्ने आवश्यकता महसुस गरी कार्यक्रमको योजना गरिएको बताए । उनले नेपालगन्जको सौन्दर्यकरणमा लाग्न सबैलाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालगन्ज शाखा प्रबन्धक हर्मेस सोनीले निजी क्षेत्रको सहभागितामा समुदाय सरसफाई अभियानले स्थानीयहरुमा सचेतना फैलाएको बताए । उनले दिगो सरसफाई अभियानको प्रोत्साहन र प्रवद्र्धनमा बैंकले आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा बास नेपालका अध्यक्ष शिव कुमार वर्माले जलवायु परिवर्तन, वातावरण संरक्षण र हरित योजना सम्बन्धि जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा क्लिन अप नेपालले गरेको कार्य समुदाय सचेतनाका लागि महत्वपूर्ण हुने बताए । उनले नेपालगन्जलाई सुन्दर बनाउने अभियानमा सहयोग तथा सहकार्य गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे ।

बास नेपालका केन्द्रीय अध्यक्ष वर्माको अध्यक्षता तथा क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) का कार्यकारी निर्देशक लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालका शाखा प्रबन्धक सोनी, नेपालगन्ज उपमहानगरपालिका वातावरण शाखाका शिव लामिछाने, ग्रीन नेपालगन्ज-क्लिन नेपालगन्जका संयोजक डा. बिनोद कर्ण, बास नेपालका निर्देशक हेमराज भट्ट, हरित अभियन्ता हेमन्तराज काफ्ले, क्लिन अप नेपालका कार्यक्रम संयोजक कैलाश बिक्रम शाही, प्रिति प्रधानांग लगायतको सहभागिता रहेको थियो । सामुदायिक सरसफाई कार्यक्रममा कुल फोहर १३७ किलोग्राम संकलन भएको थियो । परियोजना अन्तरगत क्लिन अप नेपालले नेपालगन्जमा समुदाय सरसफाई अभियान, बृक्षारोपण लगायत सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP