prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • विद्यालय शिक्षा विधेयकप्रति निजी विद्यालयहरुको आपत्तिः नेपालगञ्जमा कोणसभा
विद्यालय शिक्षा विधेयकप्रति निजी विद्यालयहरुको आपत्तिः नेपालगञ्जमा कोणसभा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १२, २०८२ बागेश्वरी पोस्ट
विद्यालय शिक्षा विधेयकप्रति निजी विद्यालयहरुको आपत्तिः नेपालगञ्जमा कोणसभा

नेपालगञ्ज । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी तथा आवसीय विद्यालयहरुका विभिन्न संगठनहरु आन्दोलनमा छन् । संघीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको उनीहरुको ठहर छ । त्यसकै विरोध स्वरुप आज नेपालगञ्जमा कोणसभा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके अगाडि आयोजित कोणसभामा बोल्दै प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी ल्याइने विधेयक नेपाली जनताको हितमा हुन नसक्ने बताए । निजी क्षेत्रलाई प्रोत्साहित गरिनुको साटो सरकार गलत बाटोमा हिंडेको उनको भनाई छ । नेपालको शिक्षा क्षेत्रलाई निजीले नै धानिदिएको यथार्थ बुझ्नुपर्नेमा उनको जोड छ । उनले आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाउँदै निजी विद्यालयको चासो र मागलाई सम्बोधन गरेर मात्र विधेयक अघि बढाउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले विधेयकका सन्दर्भमा निजी विद्यालयहरुले उठाएको मुद्दा सम्बोधनका लागि सरकार गम्भीर बन्नुपर्ने बताइन् । कोणसभा कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्र प्रसाद आचार्य, जिल्ला अध्यक्ष विकास बज्राचार्यले शिक्षा विधेयकमा राखिएका कतिपय प्रावधान प्रतिकूल भएकोले संशोधनमा दबाब सिर्जना गर्न देशब्यापी आन्दोलन भइरहेको बताए । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएको संयुक्त आयोजनमा कोणसभा गरिएको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रविण गिरीले बताए ।  

May be an image of 2 people and text

आन्दोलनको कार्यक्रम अन्तर्गत प्याब्सन बाँकले पछिल्लो पटक भदौ ६ गते शुक्रबार वीपी चोकमा सबै स्कुल बस उतारेर नगर परिक्रमा गराएको थियो । सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो । चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइसकिएको छ । यस्तै साउन ३० गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाएको प्याब्सनले भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाइएको थियो । 

यसैक्रममा प्याब्सन बाँकेले बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राणालाई ज्ञापनपत्र बुझाएको छ । प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य नेतृत्वको टोलीले राणालाई बुधबार साँझ ज्ञापनपत्र बुझाएको हो । राणाले प्याब्सनले उठाएका विषय गम्भीर रहेको भन्दै यसमा आफू संवेदनशील रहेको बताए । 

प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।

May be an image of 8 people and textMay be an image of 5 people and textMay be an image of 4 people and text


प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'शिक्षा विधेयकमा निजी विद्यालयको चासो सम्बोधन गर्न दबाब'
'शिक्षा विधेयकमा निजी विद्यालयको चासो सम्बोधन गर्न दबाब'
विद्यालय शिक्षा विधेयक नसच्याइए भदौ १८ गतेदेखि निजी विद्यालय बन्द गर्ने घोषणा
विद्यालय शिक्षा विधेयक नसच्याइए भदौ १८ गतेदेखि निजी विद्यालय बन्द गर्ने घोषणा
विद्यालय शिक्षा विधेयकप्रति निजी विद्यालयहरुको आपत्तिः नेपालगञ्जमा कोणसभा
विद्यालय शिक्षा विधेयकप्रति निजी विद्यालयहरुको आपत्तिः नेपालगञ्जमा कोणसभा
विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभा सदस्य डा. राणालाई ज्ञापनपत्र
विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभा सदस्य डा. राणालाई ज्ञापनपत्र
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP