नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सन बाँकेको दोस्रो जिल्ला परिषद् भेला सफलतापूर्वक सम्पन्न
प्याब्सन बाँकेको दोस्रो जिल्ला परिषद् भेला सफलतापूर्वक सम्पन्न
बागेश्वरी पोस्ट
बुधबार, पुस ९, २०८२ बागेश्वरी पोस्ट
प्याब्सन बाँकेको दोस्रो जिल्ला परिषद् भेला सफलतापूर्वक सम्पन्न

नेपालगन्ज । शैक्षिक गुणस्तर सुधार, शिक्षक सशक्तिकरण, संगठन सुदृढीकरण तथा प्रविधि मैत्री विद्यालय विकासमा केन्द्रित साझा प्रतिबद्धतासहित प्याब्सन बाँकेको दोस्रो जिल्ला परिषद् भेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

भेला प्याब्सन बाँकेका जिल्ला अध्यक्ष विकास बज्राचार्यको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष किशोर गौतम र केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनाल सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा केन्द्रीय सदस्य एकराज पौडेल, प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार ऋषिकेश जिसी, लुम्बिनी प्रदेश सहसचिव राजेन्द्र आचार्य, प्रदेश सदस्य नारायणदत्त उपाध्याय, बाँके प्याब्सनका पूर्व अध्यक्षहरू, जिल्ला सल्लाहकारहरू, विभिन्न पालिकाका अध्यक्ष तथा फोकल पर्सन, जिल्लाका पदाधिकारी, सदस्यहरू, विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष अधिकारीले धेरै विद्यार्थीभन्दा पनि थोरै तर गुणस्तरीय शिक्षा दिनु महत्वपूर्ण भएको बताउनुभयो। उहाँले कक्षाकोठाको वातावरण, शिक्षकको व्यावसायिकता, पाठ्यपुस्तक र पाठ्यक्रमको गुणस्तरमा विद्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।विद्यालय सञ्चालनको अधिकार विद्यालयकै भए पनि संस्थागत संरक्षणको जिम्मेवारी केन्द्रिय कार्यसमिति र नेतृत्वले लिने स्पष्ट पार्दै उहाँले कक्षा ८ सम्म आधारभूत र ९–१२ सम्म माध्यमिक शिक्षा हुने उल्लेख गर्नुभयो।
निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यालयले १० प्रतिशत पूर्ण छात्रवृत्ति दिने सरकारी अवधारणाप्रति असहमति जनाउँदै उहाँले निजी विद्यालयलाई कारबाहीको दृष्टिले होइन, सहकार्यको भावनाले हेर्नुपर्ने धारणा राख्नुभयो। आगामी शैक्षिक सत्रमा किताब छनोट गर्दा गुणस्तरलाई प्राथमिकता दिन, नाफाभन्दा पनि विद्यार्थी र अभिभावक केन्द्रित शिक्षामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो। साथै, प्याब्सनलाई प्रविधि मैत्री संगठन बनाउने लक्ष्यसहित सबै जिल्लाले आफ्ना विद्यालयहरूलाई आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

भेलामा जिल्ला अध्यक्ष बज्राचार्यले आफू निर्वाचित भए पछि निजी विद्यालयहरूको हकहित र शैक्षिक सुधारका लागि निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा स्कुल लिडरशिप सम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले यही पुस २४ गते हुने प्याब्सन डे भव्य रूपमा सफल बनाउन सबैलाई सहकार्य गर्न आग्रह गर्नुभयो।साथै, विद्यालय शुल्क सम्बन्धी देखिएका समस्या समाधानका लागि केन्द्रबाट शुल्क निर्धारण सम्बन्धी स्पष्ट वातावरण बनाउन केन्द्रीय अध्यक्षसमक्ष अनुरोध गर्नुभयो।

उक्त भेलामा केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केन्द्रीय सदस्य एकराज पौडेल, लुम्बिनी प्रदेश सल्लाहकार ऋषिकेश जिसी, बाँके प्याब्सन सल्लाहकार केशर बहादुर आले, नेपालगन्ज उपमहानगरपालिका प्रमुख मान बहादुर थापा, कोहलपुर नगरपालिका प्रमुख रमेश केसी, खजुरा गाउँपालिका अध्यक्ष गीता गोदार क्षेत्री, बैजनाथ गाउँपालिका फोकल पर्सन भीम बहादुर खड्का तथा जानकी गाउँपालिका फोकल पर्सन ओम प्रकाश बर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो।

भेलाले सचिव लक्ष्मण बहादुर सिंहले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रवीण गिरीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।

भेलामा निजी तथा संस्थागत विद्यालयहरूको समसामयिक अवस्था, शुल्क निर्धारण, शिक्षक प्रशिक्षण, विद्यार्थी सहभागिता, प्रविधि मैत्री शिक्षा र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले विद्यालयहरूबीच सहकार्य, अनुभव आदान–प्रदान तथा स्थानीय तहसँग समन्वयमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमले प्याब्सनको भूमिका, गुणस्तरीय शिक्षा, प्रविधि समावेशी सिकाइ र बाँके जिल्लाका विद्यालयहरूबीच साझा दृष्टिकोणको महत्वलाई थप स्पष्ट पारेको निष्कर्ष निकालिएको छ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष शरद चन्द्र रावलले व्यक्त गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव लक्ष्मण बहादुर सिंहले गर्नुभएको थियो।


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
बाँकेमा एसईई तयारी पूराः ९६१५ परीक्षार्थी, ३६ केन्द्र निर्धारण
बाँकेमा एसईई तयारी पूराः ९६१५ परीक्षार्थी, ३६ केन्द्र निर्धारण
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP