नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, माघ ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ८, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास

नेपालगञ्ज । नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको समन्वय एवम् सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर कार्यक्रम) को सहयोगमा वडा नम्बर ३ को कार्यालय परिसरमा कृत्रिम घटना अभ्यास गराइएको हो । भूकम्प सुरक्षा दिवसको अवसरमा गरिएको कार्यक्रममा समुदायकै मानिसहरु सहभागी भई कृत्रिम घटना अभ्यास गरेका थिए । भूकम्प पूर्व, भूकम्प गइरहेको समय र तत्पश्चात गर्नुपर्ने क्रियाकलापहरु समेटेर कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले बताए । कृत्रिम घटना अभ्यासमा खोज, उद्दार, राहत र पुनःस्थापनाका चरणहरुलाई सिलसिलाबद्ध रुपमा देखाइएको थियो ।

कृत्रिम घटना अभ्यासले समुदायमा सचेतना प्रबद्र्धनसंगै भूकम्पबारेको बुझाईमा स्पष्ट ल्याउने विश्वास गरिएको छ । त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी लगायतले कृत्रिम घटना अभ्यासको अवलोकन गरेका थिए । नगर प्रमुख विष्टले नेपालगञ्ज भूकम्पको जोखिममा रहेकोले पूर्व तयारी र प्रतिकार्यका लागि योजनाबद्ध ढंगले काम भइरहेको बताए । उनले सुपर कार्यक्रमले यसमा सहयोग गरिरहेकोले अझ सहज भइरहेको उल्लेख गरे । 

सुपरको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा ४०० बढी विपद् स्वयंसेवक तयार गरिएको छ । यस्तै नेपालमै पहिलोटपक नेपालगञ्ज उपमहानगरपालिकाले आवास बीमा कार्यक्रम पनि लागू गरेको छ । भूकम्पपछि घरमा भएको क्षति यकिन गरेर आवास बीमा प्रदान गरिन्छ । विद्यालय स्तरमा समेत भुकम्पीय जोखिम न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास गरिएको शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले बताए । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
लैङ्गिक हिंसा न्यूनीकरण गर्न स्थानीय सरकारले कानुन बनाउनुपर्नेमा जोड
लैङ्गिक हिंसा न्यूनीकरण गर्न स्थानीय सरकारले कानुन बनाउनुपर्नेमा जोड
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP