नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ४, २०८३ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ कार्यान्वयनमा आउने भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको हो ।

सार्वजनिकीकरण कार्यक्रममा तयार गरिएको मस्यौदा कानून पालिका अध्यक्ष डम्बरबहादुर विकलाई हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष विकले कार्यपालिका बैठकबाट यो आचारसंहिता पारित गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका घटना बढी हुने भएकाले नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय लैङ्गिक हिंसाविरुद्धका घटनाहरु बढी रहेका बेला यसको नियन्त्रण तथा कानूनी रुपमा कारवाहीका लागि स्थानीय तहमा निर्माण गरिएको कानून महत्वपूर्ण भएको भन्दै यसबारे सचेतना अभिबृद्धि गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गरे ।

सामाजिक विकास समितिका संयोजक कृष्णकुमारी पोख्ररेलले महिला तथा बालिका हिंसाका घटनाहरु समाजमा अहिले पनि बढिरहेकाले समाजलाई चेतनाशील बनाउनुपर्नेमा जोड दिँदै यसविरुद्धको कानूनले पीडितले न्याय पाउने र लुकेका घटनाहरु समेत बाहिर आउने विश्वास गरिन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले यौनजन्य दुव्र्यवहारका घटना विद्यालयहरुमा बढी हुने भएकाले यो कानूनलाई विद्यालयमा कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिँदै यसबारे गाउँटोलका विद्यार्थी तथा अभिभावकलाई सचेत गराउनुपर्ने बताए । कार्यक्रममा विधायन समितिका संयोजक पार्वती विश्वकर्मा, सदस्य मिना सुनार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सुशिला न्यौपाने, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका महासचिव अधिबक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेशकुमार मिश्र लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

त्यस अवसरमा पालिकाले कानून निमार्ण गरेको भन्दै महिला कानून र विकास मञ्च र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रलाई सम्मान पत्र समेत प्रदान गरेको थियो । 


प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP