नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ८, २०८३ बागेश्वरी पोस्ट
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा असल अभ्यास तथा प्रयास गरिरहेको देखिएको छ । नेपालगञ्जमा आज आयोजित विपद् ब्यवस्थापनका असल अभ्यास तथा प्रयासका सम्बन्धमा गरिएको मिडिया एड्भोकेसी एवम् अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाले थालेका नयाँ अभ्यासहरुबारे चर्चा गरिएको छ । 

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर ।।) को प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले नयाँ अभ्यासको थालनी गरेको छ । वडा नम्बर ३ र ७ मा ४०० सामुदायिक विपद् स्वयंसेवक तयार गरिएको छ । वडा नम्बर ३ र ७ मै आवास बीमा कार्यक्रम लागू गरिएको छ । हालसम्म १८४ परिवारको बीमा गरिएको छ । उपमहानगरपालिकाले प्रिमियम आफैं तिरिदिएर बीमामा प्रेरित गरेको छ । क्षती आंकलन गरी राष्ट्रिय बीमा कम्पनीबाट १५ लाखसम्मको बीमा कभर गरिन्छ । पुराना विद्यालय र संरचनाहरुको रेट्रोफिटिंग गरेर भूकम्प प्रतिरोधी बनाइएको छ । आगलागीको जोखिम बढी रहेकोले समुदास्तरमा आगलागी नियन्त्रणका घरेलु उपायबारे कृत्रिम घटना अभ्यास समेत गराइँदै आइएको छ । 

साँघुरा गल्लीहरु जहाँ दमकल जान सक्दैन, ती ठाउँहरुका लागि फायर ब्रिगेड बाइकको ब्यवस्थापन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले विपद्को समयमा पनि काम सुचारु गर्ने नीति अनुरुप ब्यवसाय निरन्तरता योजना पनि निर्माण गरेको छ । समय समयमा अन्तरपालिका बैठक गरेर सहकार्य र समन्वयमा पनि अग्रसरता देखाइनुका साथै स्रोतसाधनमा हुन सक्ने सहकार्यबारे पनि छलफल गर्ने गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज पश्चिम क्षेत्रको केन्द्र भएकोले नेपालगञ्जको क्षमता विकास गरी 'विपद् ब्यवस्थापन हब' को रुपमा विकास गरिनुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि उनले लुम्बिनी प्रदेश सरकार र योजना आयोगको पनि ध्यानाकर्षण गराए । 

पत्रकारद्वय रुपा गहतराज र निशु जोशीले नेपालगञ्जले विपद् ब्यवस्थापनमा गरिरहेको असल अभ्यास र देखिएको स्थलगत अवस्थाबारे आफूहरुले गरेको 'फेलोशीप रिपोर्टिंग' को प्रस्तुतिकरण समेत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले पारस्थितिकीय र पर्यावरणमैत्री विपद् ब्यवस्थापनको मोडेल नै आजको आवश्यकता भएकोमा जोड दिए । विपद् ब्यवस्थापनमा सबै तहको हातेमालो आवश्यक रहेको उनको भनाई छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेका असल अभ्यासहरुको आफूहरुले पनि अनुकरण गर्ने बताउँदै आफ्नो पालिकाले गरिरहेका अभ्यासबारे पनि जानकारी गराएका थिए । विष्टले चुरे क्षेत्रमा १० वटा रिचार्ज पोखरी बनाइएको बताए । उनले जंगल क्षेत्रमा पातपतिंगरले आगलागीको जोखिम बढाउने भएकोले ती पातपतिंगर संकलन गरी जैविक मल बनाउने योजना अनुरुप सामुदायिक वनसंग सहकार्र्य गर्ने कार्य अघि बढाइएको जानकारी दिए । 

नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन प्रशासकीय अधिकृत दिपेन्द्र श्रेष्ठले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकी लगायतले विपद् ब्यवस्थापनका क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकामा भइरहेको प्रयासहरु सराहनीय रहेको बताए । त्यस बीचमा सहभागीहरुले पनि आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, उपसचिव गोर्खबहादुर थापा लगायत सरोकारवाला ब्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । ज्ञवालीका अनुसार समुदायकै सहभागितामा भूकम्पीय सुरक्षा सचेतनार्थ कृत्रिम घटना अभ्यासहरु पनि हुने गरेका छन् ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ । 


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP