नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कतार एअरवेज र एअर अरेबियाबाट नेपाल आएका ३ सय यात्रु कहाँ छन् ?
कतार एअरवेज र एअर अरेबियाबाट नेपाल आएका ३ सय यात्रु कहाँ छन् ?
बागेश्वरी पोस्ट
बिहीबार, चैत १३, २०७६ बागेश्वरी पोस्ट
कतार एअरवेज र एअर अरेबियाबाट नेपाल आएका ३ सय यात्रु कहाँ छन् ?

काठमाडौं ।सरकारले पूरै देश पूर्णरूपमा ‘लकडाउन’ गर्नुअघि कतारको दोहाबाट कतार एयरवेज र युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट एयर अरेबिायको जहाजमा आएका ३ सयहाराहारी यात्रुमध्ये दुईजनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखियो।

ती दुइ जनाको अहिले काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। धन्य, ती दुवै यात्रु काठमाडौंमै थिए। पोजेटिभ देखिएकी एक युवती काठमाडौं निवासी नै हुन्। उनी दोहा ट्रान्जिट बनाएर चैत ४ गते यहाँ आएकी थिइन्।

अर्का एकजना चाहिँ सारजहाँबाट एयर अरेबियाको जहाजमा चैत ६ गते यहाँ आएर काठमाडौंकै एउटा होटेलमा साथीहरूसँगै बसेका थिए। तर, उनीहरूसँगै ती दुई जहाजमा आएका ३ सयहाराहारी यात्रु देशभरि छरिइसकेका छन्। सरकारले उनीहरू सबैको पहिचान खुलिसकेको र सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको दाबी गरिरहेको छ।

तर, सबैजसोको न यकिन पहिचान भएको छ न पहिचान भएजति सबै अस्पताल वा प्रहरीको सम्पर्कमा आएका छन्। फ्रान्सबाट दोहा हुँदै फर्किएकी काठमाडौंकी ती युवतीसँगै डेढ सयभन्दा बढी यात्रु थिए। उनीसँगै आएकी अर्की एकजना भियतनामी युवतीलाई पनि त्यहाँ कोरोना पोजेटिभ देखिएको थियो। अर्को अचम्म के छ भने यतिविधि हल्लाखल्ला भइसक्दा र कोरोनाले महामारीको रूप लिने अवस्था आइसक्दा पनि सरकारले भने कतार एयरवेजसँग ती यात्रुको पहिचानबारे आजसम्म औपचारिक हिसाबमा कुराकानी गरेको छैन।

‘नेपाल सरकारले कोरोना भाइरस संक्रमित सवार उडान र अन्य यात्रुबारे हामीसँग औपचारिक हिसाबमा कुनै जानकारी मागेको छैन,’ कतार एयरवेजको काठमाडौंस्थित एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बिहीबार साँझ भने, ‘नेपाल सरकारले अध्यागमन विभागसँग यात्रु सूची लिएर लगेको हो। हामीसँग केही मागेको छैन।’ ती अधिकारीका अनुसार चैत ४ गते काठमाडौंका लागि कतार एयरवेजका तीनवटा उडान भएका थिए।

सबै उडान ‘ए३३०’ सिरिजका वाइड बडी जहाजबाट भएका थिए। सबै जहाज ३ सय सिट क्षमतायुक्त भए पनि यात्रु भने डेढ सयहाराहारी मात्र आएका थिए। ‘कोरोना भाइरस संक्रमित यात्रु सवार जहाज कुन हो र उनको परिचयबारे हामीलाई समेत थाहा छैन,’ उनले भने, ‘सरकारले अध्यागमनबाट यात्रुसूची लगेपछि ती यात्रु को थिए भन्ने हामीले थाहा पाएनौं। त्यसमाथि तीन जहाजबाट झन्डै पाँच सय यात्रु आएका थिए।’ सरकारी अधिकारीहरूले कतार एयरवेजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित म्यानेजरसँग यसबारे अनौपचारिक कुराकानी भने गरेको उनले बताए।

महामारी फैलिन धेरै दिन कुरिरहनुपर्दैन। यदि एकजना संक्रमित व्यक्तिमात्रै निर्वाध हिँड्ने हो भने कोरोना भाइरस केही घन्टामै फैलिन सक्छ। झन् संक्रमितसँगै एउटै उडानमा साढे चार घन्टा बिताएर फुत्किएका ती सयौं यात्रुबारे अहिले पनि सरकार बेखबर नै छ। स्वास्थ्य मन्त्रालय सामान्य व्यवस्थापनमा अल्झिरहेका बेला यो बेवास्ताले निम्त्याउने जोखिम अझै अकल्पनीय हुने विज्ञहरूको भनाइ छ।

कतारबाट फर्किएकामध्ये २० जना प्रदेश १ का छन्। तीमध्ये ताप्लेजुङ र मोरङमा एक–एकजना क्वारेन्टाइनमा छन् भने एकजना बिपी कोइराला मेमोरियल अपस्तालको सम्पर्कमा छन्। त्यस्तै बाँकेका चारजना मध्ये तीनजना सम्पर्कमा आएका छन् भने चितवनमा पाँचजना प्रहरी–प्रशासनको सम्पर्कमा आएका छन् भने एक युवती सम्पर्क बाहिर छिन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार मन्त्रालयले विभागअन्तर्गत छुट्टै समूह खटाएर संक्रमितको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको छ। ‘उनीहरूको खोजी भइरहेको छ। हामीले सबै लिस्ट पाएपछि सम्बन्धित जनप्रतिनिधिलाई तरुन्त पठाउँछौं र उहाँहरूलाई सम्पर्कमा ल्याएर सेल्फ क्वारेन्टाइनको तरिका सिकाउँछौं अनि लक्षण देखिए तुरुन्त अस्पतालमा भर्ना गर्छौं,’ देवकोटाले भने।श्रोत:हेल्थपोस्टनेपाल।


प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  २१:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न,  ९ सदस्यीय कार्यसमिति चयन
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति चयन
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP