नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ५, २०८३ बागेश्वरी पोस्ट
वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर

नेपालगञ्ज । कोहलपुरमा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूको अनुभव, सीप, पुँजी र प्रविधिलाई स्थानीय उत्पादन तथा उद्यमसँग जोड्ने उद्देश्यले पुनः एकीकरण कार्यक्रम गरिएको छ । आप्रवासी श्रमिक संरक्षण सञ्जालको संयोजन तथा कोहलपुर नगरपालिका नगर कार्यपालिका कार्यालय रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको सीप र अनुभवलाई स्थानीय विकासमा उपयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले वैदेशिक रोजगारमा जान चाहनेदेखि विदेशबाट फर्किएकासम्मलाई लक्षित गर्दै नगरपालिकाले छुट्टै शाखा स्थापना गरी सीपमूलक तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । नगर प्रमुख आचार्यले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श तथा सामाजिक सुरक्षासम्बन्धि सेवा समेत प्रदान गर्दै आएको उल्लेख गरे । “पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै श्रम संकुचन हुँदै जानु चुनौतीपूर्ण बनेको छ,” उनले भने, “अब सीपयुक्त जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक छ ।”

उपप्रमुख संगिता सुवेदीले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप र अनुभव नै स्थानीय सरकारको महत्वपूर्ण पुँजी भएको बताइन् । उनले विदेशमा सिकेको ज्ञान र प्रविधिलाई स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिइन् । आप्रवासी श्रमिक संरक्षण सञ्जालका अध्यक्ष खड्क चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले प्रकाश पारेका थिए । कार्यक्रममा सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकसहित जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई लोकराज सञ्जाल र दिपेन्द्र जोशी लगायतले सहजीकरण गर्नुभएको थियो ।

वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई पुनःस्थापनासँगै उनीहरूको सीप र अनुभवलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्याउन कार्यक्रम गरिएको रोजगार सेवा केन्द्रका संयोजक वर्माले बताए । त्यसक्रममा सहभागीहरुले आफ्नो अनुभव तथा स्थानीय सरकारसँगको अपेक्षाहरु खुलेर राखेका थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP