नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २१, २०८३ बागेश्वरी पोस्ट
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखहरुसंग अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् पालिकाका कार्यबहाक अध्यक्ष मनिषा सिंह थारुको प्रमुख आतिथ्यतामा विहिबार गाउँपालिकाको सभाहलमा छलफल गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँकेलाई सञ्चार नीति निर्माणको जिम्मा दिएको छ । त्यही अनुसार कार्यपालिका र शाखा प्रमुखहरुसंग छलफल गरिएको सचिव कृष्ण ओलीले बताए । त्यस अघि पत्रकार महासंघ जिल्ला कार्यसमिति र पत्रकारहरुसंग विभिन्न चरणमा मस्यौदा उपर सुझाब संकलन गरिएको थियो । बुधबार मात्रै कोहलपुरमा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको थियो ।

गाउँपालिकाका कार्यबहाक अध्यक्ष थारुले सञ्चार नीतिको मस्यौदा ब्यवहारिक र कार्यान्वयनयोग्य रहेको बताउँदै पालिकाले त्यसलाई ग्रहण गरेर अगाडि बढाउने प्रतिबद्धता जनाइन् । उनले सञ्चार क्षेत्रको विकासका लागि प्रतिबद्ध रहँदै आएको बताउँदै अब सञ्चार नीतिले निश्चित बाटो तय गर्न सहयोग पुग्ने उल्लेख गरिन् । विधायन समिति संयोजक एवम् वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले सञ्चार नीतिको आवश्यकता महसूस भइरहेको सन्दर्भमा महासंघले अगुवाई गरी सञ्चार नीति निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे ।

महासंघ अध्यक्ष गिरीले स्थानीय मिडिया र मिडियाकर्मीको विकास र व्यवस्थापनका लागि सञ्चार नीतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले सञ्चार नीति मार्गदर्शक दस्तावेज भएको बताउँदै सञ्चार क्षेत्रको विकासका लागि यसले निश्चित गोरेटो तय गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख, कर्मचारी, पत्रकार लगायतको सहभागिता थियो ।

महासंघले अध्यक्ष गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा महासंघका सचिव ओली र पत्रकार प्रियास्मृति ढकाल सदस्य छन् । मस्यौदा समितिका सदस्य ढकालले मस्यौदा प्रस्तुत गरेका थिए । त्यसक्रममा कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले विभिन्न पृष्ठपोषण प्रदान गरेका थिए । सञ्चार नीति पालिकाले पारित गरी कार्यान्वयनमा ल्याउनेछ ।


प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं
राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं
डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श
डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श
राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल
राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP