नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्वारेन्टाइनमा नबसी लापरबाही गर्ने वा भागेमा सिधै जेल
क्वारेन्टाइनमा नबसी लापरबाही गर्ने वा भागेमा सिधै जेल
बागेश्वरी पोस्ट
आइतबार, चैत १६, २०७६ बागेश्वरी पोस्ट
क्वारेन्टाइनमा नबसी लापरबाही गर्ने वा भागेमा सिधै जेल

काठमाडौं । कोरोना छ वा कोरोना सङ्क्रमित मुलुकबाट भर्खरै आउनुभएको छ ?तपाईलाई कोरोनासँग मिल्दो जुल्दो कुनै लक्षण देखिएको छ रु यदि छ भने तपाई क्वारेन्टाइनमा बसीहाल्नुस् ।

तपाईले लापरवाही गरिरहनुभएको छ भने अब तपाईलाई सुरक्षाकर्मीले पक्राउ गर्न सक्नेछ । लुकीछिपी आफू पनि जोखिममा पर्नुभएको छ, घर परिवार, समाज र राष्ट्रकै विरुद्ध लागि रहनुभएको छ भन्ने निष्कर्षका साथ प्रहरीले त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गरी जेल सजायसमेत गर्नसक्नेछ ।

सरकारले ‘सङ्क्रमण रोग ऐन’अनुसार त्यस्ता व्यक्तिलाई कडा कारवाही गर्ने भएको छ । आशङ्कामा रहेका कुनै व्यक्ति तपाईको घर समाज नजिक लुकीछिपी बसेका छन् भने त्यस्ता व्यक्तिलाई समेत कारवाही हुने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले क्वारेन्टाइनमा बसेका वा कुनै पनि आशङ्का देखिएका व्यक्ति सूचना नदिएर लुकेर गाँउघरमा बस्ने सम्पर्कमा नआउने प्रवृत्ति बढेको पाइएकाले कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने “क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेको वा नबसेको भन्ने पाइएकाले सङ्क्रमण रोग ऐनअनुसार कारवाही गर्ने निर्णय भएको छ ।” लापरवाही बढेको पाइएकाले कैद सजायदेखि अन्य कडा कारवाही हुने सचिव रेग्मीको भनाइ छ । केही जिल्लामा क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको, लापरवाही गरेको पाइएकाले जोखिम बढ्न सक्ने देखिएको भन्दै समितिले त्यस्तो निर्णय गरेको हो ।

यस्तै सरकारले आपूर्ति व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने र त्यसका लागि सुरक्षाकर्मीको समेत सहयोग लिने निर्णय गरेको छ । आपूर्ति प्रणालीलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने र त्यसका लागि सम्बद्ध सरोकार भएका सबै निकायलाई समेत प्रभावकारी तवरले परिचालन गर्ने निर्णय भएको सचिव बिडारीको भनाइ छ ।

मापदण्ड अनुसार क्वारेन्टाइन

देशभर निर्माण भएका क्वारेन्टाइनलाई मापदण्डअनुसार नै सञ्चालन गर्ने निर्णय भएको छ । देशभर जति पनि क्वारेन्टाइन निर्माण भएका छन्, ती मापदण्डअनुसार नै सञ्चालन गरिनेछ । त्यसका लागि सुरक्षाकर्मीको सहयोगबाट गर्ने व्यवस्थित गर्नसमेत समितिले निर्देश गरेको छ ।

विदेशमा रहेका विद्यार्थी जहाँ छन् त्यहीँ समितिले विदेशमा रहेका विद्यार्थी जुन देशमा छन्, त्यही देशमा नै सुरक्षित रहन सरकारले अनुरोध गरेको छ । “हालको विषम् अवस्थामा विद्यार्थी जुन स्थानमा छन्, त्यहीँ सुरक्षित रहन आग्रह गरिएको छ”, सचिव बिडारीले भने, “विद्यार्थीलाई आवश्यक पर्ने खर्च नेपाल राष्ट्र बैंकमार्फत अभिभावकले पाठाउन सक्नेछन् ।”

विद्यार्थी जहाँ जहाँ रहेका छन्, त्यही

अवस्था सामान्य भएपछि मात्रै ती विद्यार्थीलाई नेपाल फर्कने सक्ने गरी निर्णय गरिएको उनले जानकारी दिए ।

अलपत्र नेपाली नागरिकलाई प्रवेश दिइने भारतबाट नेपाल आएर सीमामा अलपत्र परेका नेपाली नागरिकलाई परिचयपत्र हेरेर नेपाल आउन दिने निर्णय भएको छ ।

भारतका सुरक्षाकर्मीले नेपाल पठाएको, तर नेपाल प्रवेश गर्न नपाएका नागरिकलाई परिचयपत्र हेरेर, तोकिएको समयसम्म क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित प्रवेशको अनुमति दिइएको छ । केही नेपाली नागरिक अझै पनि प्रवेश पाउने प्रतिक्षामा दशगजा क्षेत्रमा अलपत्र रहेका छन् ।

ती नेपाली नागरिकलाई प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा नजिकको क्वारेन्टाइनमा बस्ने प्रबन्ध गर्नसमेत समितिले आग्रह गरेको छ। सचिव बिडारीले भने “परिचयपत्रका आधारमा पहिचान गरेर नजिकको क्वारेन्टाइनमा रहने गरेर ती नागरिकको लगत लिएर नेपाल प्रवेश गर्न दिइनेछ ।” दशगजामा राख्न उपयुक्त नभएकाले प्रदेश र स्थानीय तहको समन्वयमा नेपाल आउन दिइनेछ ।

राहतको विषयमा अर्थले निर्णय गर्ने

कोरोना सङ्क्रमणको पर्ने प्रभाव तथा दैनिक ज्यालादारीका काम गर्ने मजदूरलाई दिने राहतका विषयमा अर्थ मन्त्रालयले आवश्यक छलफल गरिरहेको छ । राहत प्याकेजका विषयमा ‘वर्क आउट’ गरेर सरोकारावाला पक्षलाई ध्यान दिएर निर्णय गरिएको छ । राहतको विषयमा वर्क आउट गरेर आवश्यक निर्णय गरिने सचिव बिडारीको भनाइ छ । लकडाउनको विषयमा दैनिक ज्यालादारीमा काम गर्ने सबैभन्दा बढी प्रभावित भएका छन् ।

चार प्रदेशलाई कोरोना परीक्षण गर्ने मेशिन

आइतबार बिहान मात्रै चीनबाट आयात भएका कोरोना परीक्षण गर्ने मेशिन विभिन्न चार प्रदेशलाई प्रदान गरिने भएको छ । समितिको बैठकले आवश्यकताका आधारमा प्रदेश नं २, प्रदेश ५, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिममा एक÷एक थान पीसीआर मेशिन उपलब्ध गराउने निर्णय भएको सचिव बिडारीले जानकारी दिए । बाँकी रहेको एक थान मेशिन भने काठमाडौँमा नै राखिने भएको छ ।

आवश्यकताको आधारमा सो मेशिन उपलब्ध गराइनेछ । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरु भइसकेकाले तत्काल उपलब्ध गराइएको छैन । यस्तै एक एक हजार थान पीपीआईसहित, अन्य उपकरण र औषधि उपलब्ध गराइनेछ ।रासस।


प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २२:०३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न,  ९ सदस्यीय कार्यसमिति चयन
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति चयन
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP