नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १९, २०८३ बागेश्वरी पोस्ट
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड

नेपालगन्ज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर अवधिमा महिलाले भोग्दै आएका हिंसा, दुव्र्यवहार तथा अधिकार उल्लंघनका विषयमा नेपालगन्जमा छलफल गरिएको छ । एम्पली फाई चेन्ज र महिला कानून र विकास मञ्च, काठमाडौंको आयोजनामा सोमबार नेपालगन्जमा पत्रकार तथा महिला अधिकारकर्मीसँग गरिएको छलफलमा गर्भावस्था, प्रसव र प्रसवोत्तर अवधिमा महिलाले भोग्नुपरेका विभिन्न प्रकारका हिंसा, दुव्र्यवहार तथा अधिकार उल्लंघनका विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले गर्भावस्था तथा प्रसवका क्रममा महिलाले पाउनुपर्ने अधिकार, स्वास्थ्य सेवामा पहुँच तथा स्वास्थ्य संस्थामा हुने दुव्र्यवहारका विभिन्न पक्षबारे जानकारी गराए । उनले महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वसँग जोडिएका अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

महिला कानून र विकास मञ्चका अधिवक्ता दिपेश श्रेष्ठले गर्भावस्था, प्रसव तथा प्रसवोत्तर अवधिमा महिलामाथि हुने हिंसा, दुव्र्यवहार र अधिकार उल्लंघनका कानुनी पक्षबारे प्रस्तुतीकरण गरे । उनले हिंसा तथा विभेदका घटनामा पीडितले पाउन सक्ने कानुनी उपचार, अधिकारको प्रयोग तथा न्यायमा पहुँचका विषयमा जानकारी गराए ।

छलफलमा सहभागी पत्रकार तथा महिला अधिकारकर्मीहरूले गर्भावस्था र प्रसवका क्रममा महिलाले परिवार तथा स्वास्थ्य संस्थाभित्रै भोग्नुपर्ने असमान व्यवहार, स्वास्थ्य सेवामा पहुँच, सम्मानजनक प्रसूति सेवा, गोपनीयताको अधिकार, आवश्यक सूचना प्राप्त गर्ने अधिकार तथा हिंसाबाट संरक्षण लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

सहभागीहरूले कतिपय अवस्थामा महिलाले स्वास्थ्य संस्थामा समेत अपमानजनक व्यवहार, बेवास्ता तथा निर्णय प्रक्रियामा आफ्नो सहभागिताको अभाव भोग्नुपरेको उल्लेख गर्दै गर्भावस्था र प्रसवलाई केवल स्वास्थ्यको विषयका रूपमा नभई महिला अधिकार र मानव अधिकारसँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।

छलफलका क्रममा महिलाको सुरक्षित मातृत्व, सम्मानजनक स्वास्थ्य सेवा र अधिकार सुनिश्चित गर्न राज्यका सम्बन्धित निकाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइयो । महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारका घटना सार्वजनिक बहसमा ल्याउन र अधिकारबारे सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने सहभागीहरूको धारणा थियो ।

आयोजकका अनुसार कार्यक्रमले गर्भावस्था, प्रसव तथा प्रसवोत्तर अवधिमा महिलाको अधिकार संरक्षण, सम्मानजनक व्यवहार र सुरक्षित मातृत्व सुनिश्चित गर्ने विषयमा पत्रकार तथा महिला अधिकारकर्मीबीच थप संवाद र सहकार्यका लागि आधार तयार गरेको छ ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP