नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तपाईंलाई पनि कोरोना बारे इमेल आउँला? साइबर अपराधीको जालमा फस्नुहोला...
तपाईंलाई पनि कोरोना बारे इमेल आउँला? साइबर अपराधीको जालमा फस्नुहोला...
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ८, २०७७ बागेश्वरी पोस्ट
तपाईंलाई पनि कोरोना बारे इमेल आउँला? साइबर अपराधीको जालमा फस्नुहोला...
तस्बिर: गुगल

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिरहेको बेला अरुलाई ठगेर आफ्नो उद्देश्य पूरा गर्ने गिरोह सल्बलाइहेको छ ।

इन्टरनेटमा सजिलो शिकारको खोजीमा रहेको यो गिरोहले कोरोनाको महामारीको बारेमा जिमेल प्रयोगकर्तालाई हरेक दिन एक करोड ८० लाख इमेल पठाइरहेको पाइएको छ । प्राविधिक कम्पनी गुगलले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारीको बेला विश्वभर ‘फिसिङ अट्याक’को बाढी नै आइरहेको छ ।

‘फिसिङ’ इन्टरनेटमा ठग्ने त्यो तरिका हो, जसमा अपराधीले इमेलमार्फत् प्रयोगकर्तालाई प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेल जस्ता व्यक्तिगत जानकारी लिने गर्दछ । गुगलका अनुसार उसले यस्तै १० करोड फिसिङ इमेल हरेक दिन ब्लक गरिरहेको छ । विश्वभर जिमेल प्रयोगकर्ता डेढ अर्ब रहेको बताइन्छ । अपराधीहरुले जीमेल प्रयोगकर्तालाई बिभिन्न प्रकारका इमेल पठाएका हुन्छन् ।

त्यसमा केही इमेल विश्व स्वास्थ्य संगठन जस्ता संस्थाको नामबाट पठाइएको हुन्छ र कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साइन्छ वा बहाना बनाएर चन्दा मागिन्छ । साइबर अपराधीहरुले केही दिनयता सरकारी संस्थाको नामबाट पनि फाइदा उठाउने कोसिस गरिरहेका छन् । ठग्ने उद्देश्यले पठाइएका ९९ दशमलव ९ प्रतिशत इमेललाई आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत् ब्लक गरिरहेको गुगलले दाबी गरेको छ ।

साइबर सुरक्षासँग सम्बन्धित कम्पनीहरुले पनि कोरोना भाइरसको नाममा पठाइएका ‘फिसिङ इमेल’मा निगरानी गरिरहेको जनाएका छन् । साइबर सुरक्षासम्बन्धी एक जना सोधकर्ता स्कट हेल्मले बीबीसीसँग भनेका छन्, ‘अहिले कोरोना भाइरसको मुद्दा निकै भावनात्मक भएको छ।

साइबर अपराधीहरुले यो कुरा बुझेका छन् । आफूले पठाएको इमेलको लिंकमा प्रयोगकर्ताले क्लिक गर्ने सम्भावना बढी हुन्छ भन्ने कुरामा उनीहरु विश्वस्त छन् ।’

नक्कली वेबसाइट र मोबाइल एप्स

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको जानकारी दिने नाममा नक्कली वेबसाइट र मोबाइल एप्स बनाइएको पनि पत्ता लगाएका छन् । यस्तै बदनियतपूर्वक बनाइएको एक एन्ड्रोइड एपले कोरोना भाइरसको फैलावटलाई ट्रयाक गर्न मद्दत पुग्ने दाबी गरिएको छ ।

वास्तवमा यस्तो एप मोबाइलमा डाउनलोड गर्दा रेन समवेयर (सूचना चोर्ने उद्देश्यले बनाइएको प्रोग्राम) को शिकार हुन्छ मोबाइल । त्यसपछि मोबाइल पहिलेकै स्थितिमा ल्याउन चाहने भए प्रयोगकर्तासँग पैसा मागिन्छ ।

हालै ब्रिटेनको एजेन्सी नेशनल साइबर सेक्युरिटी सेन्टर र अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले संयुक्त सूचना जारी गरेका थिए । सो सूचनामा लेखिएको छ, ‘साइबर हमलाको संख्या बढेको छ र अपराधीहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि कोभिड १९ को फाइदा उठाइरहेका छन् ।’अनलाइनखबरबाट।


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योग बन्द गराउन गृहको निर्देशन
लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योग बन्द गराउन गृहको निर्देशन
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP