नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाग्लुङमा सेनाले हरायो बम, जंगल नजान सर्वसाधारणलाई आग्रह
बाग्लुङमा सेनाले हरायो बम, जंगल नजान सर्वसाधारणलाई आग्रह
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २६, २०७७ बागेश्वरी पोस्ट
बाग्लुङमा सेनाले हरायो बम, जंगल नजान सर्वसाधारणलाई आग्रह
सैनिक मुख्यालय

युवराज श्रेष्ठ, पोखरा । नेपाली सेनाको अर्जुनवाण गणले बाग्लुङको काठेखोला गाउँपालिका-५ घोडाबाँधेस्थित जंगलमा वैशाख १८ गते बम हरायो। बम हराएपछि सेनाको टोलीले खोजी गर्‍यो। तर पाएन।

स्थानीय बिउँ गाउँका बासिन्दाले प्रयोग गर्ने सामुदायिक बनमा बम हराएपछि सेनाले गाउँपालिका र वडा कार्यालयलाई सूचना दियो- गाउँलेलाई जंगल जान नदिनू।

सेनाले गाउँपालिका र वडा कार्यालयमा पत्र पठाएर उक्त आग्रह गरेको थियो। सेनाको पत्र पाएपछि गाउँपालिका र वडा कार्यालयले गाउँलेलाई जंगल नजान आग्रह गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताए।

‘आर्मीको गणबाट पत्र आएपछि हामीले गाउँलेलाई बम हराएको क्षेत्रमा नजानु भनेका छौं,’ अध्यक्ष थापाले भने, ‘बम नपाएसम्म त्यस क्षेत्रमा जान जोखिम हुन्छ भनेका छौं।’

सेनाको भाषामा ‘जिआर ४८२५’ इलाकामा तालिमका क्रममा शिक्षार्थीलाई अभ्यास गराउँदा बम हराएको बताएको छ।

गणका सेनानी दीप श्रेष्ठले गाउँपालिकालाई लेखेको पत्रमा ‘२ इन्च मोटरबाट फायरिङ अभ्यास गराउँदा २ इन्च मोटरको एचई (ज्भ्) बम गोटा–१ मिस फायर (नपड्किएको) भई हराएको’ उल्लेख गरेको छ।

सेनाले पत्रमा ‘हराएको बम दैनिक रूपमा खोजतलास गर्दासमेत हालसम्म फेला नपरेको हुँदा सुरक्षाका कारण त्यस कार्यालयहरूबाट स्थानीय समुदायिक वन तथा स्थानीय वासिन्दालाई बम नभेटिएसम्म उक्त क्षेत्रमा आवतजावत नगर्नु हुनका लागि जानकारी गराई दिनुहुन सहयोगार्थ अनुरोध गरिन्छ’ भनेको छ।’

वैशाख १८ गतेदेखि बम हराएपनि सेनाले गाउँपालिकालाई वैशाख २३ गते मात्र पत्र पठाएको थियो। पत्रमा उक्त बम कति शक्तिशाली भन्ने खुलाएको छैन। उक्त बम शक्तिशाली नै रहेको एक अधिकृतले बताए।

बमको खोजी कार्य जारी रहेको गणका प्रमुख कर्नेल मिलनध्वज खाँणले बताए। उनले घटना सामान्य भएको र बम हराएको विषय ठूलो नभएको बताए। ‘ब्यारेक वरिपरि नै हराएको हो, हामीले सूचना दिइसकेका छौं,’ उनले सेतोपाटीलाई भने, ‘यो त्यति ठुलो कुरा होइन।’

सेनाले सूचना दिएलगत्तै गाउँलेलाई जंगलमा घाँस–दाउरा गर्न रोकेको काठेखोला ५ का वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए। उक्त क्षेत्र शिवदुरी सामुदायिक वन र घोडाबाँधे रुम्से सामुदायिक वनको सीमाना क्षेत्र पर्छ।

‘हामीले यी दुइटै वनमा जान गाउँलेलाई रोकेका छौं,’ कँडेलले भने, ‘सेनाले बम खोजिराखेको छ, नपाउँदासम्म नजान भनेका छौं।’ 


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP