नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना अस्पतालको सामान चोर्नेलाई बचाउन लागेपछि मेयर रेणुुको गरियो बहिष्कार
कोरोना अस्पतालको सामान चोर्नेलाई बचाउन लागेपछि मेयर रेणुुको गरियो बहिष्कार
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ३०, २०७७ बागेश्वरी पोस्ट
कोरोना अस्पतालको सामान चोर्नेलाई बचाउन लागेपछि मेयर रेणुुको गरियो बहिष्कार

भरतपुर। भरतपुर महानगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्थायी अस्पतालको सामान चोरी गर्ने कर्मचारीहरुलाई मेयर रेणु दाहालले कार्वाही गर्न उदासिन रहि बचाउन लागेको भन्दै उपमेयर पार्वती शाही ठकुरी सहितका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले महानगरपालिकाको सबै कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन्।

उपमेयर सहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले  विज्ञप्ती निकाली चोरी जस्तो फौजदारी अपराधमा सलग्न कर्मचारीहरुलाई कानुन वमोजिम निलम्वन गरि अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मुल नेतृत्व उदासिन देखिएको आरोप लगाएका छन्।

उनीहरुले आफ्नै कर्मचारी चोरीमा संलग्न हुँदा आफू जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नरहेको र कानुनी राज्यको मान्यता माथि नै धज्जी उडाउने काममा महानगरको मुल नेतृत्व लागेको आरोप लगाएका हुन । कोरोना अस्पताल खोल्न महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरि जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन गरिएको आग्रहलाई नसुनिएपछि महानगरपालिकाका बैठकहरु वहिस्कार गरिएको उनीहरुले बताएका छन्।

उनीहरुले भरतपुर महानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा संलग्न नरहने समेत जनाएका छन्। कोरोनाको नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको नियन्त्रण र समन्वयमा भरतपुर १० मा भरतपुर महानगरको मेयरको सयोजकत्वमा स्थापित अस्थायी कोरोना अस्पतालवाट स्वास्थ्य उपचारका लागि राखिएका औषधि तथा स्वास्थ्य उपकरणहरु चोरी भएको भिडीयो फुटेज यसअघी सार्वजनिक भएको थियो।

चोरीमा संलग्नहरुलाई कानुन वमोजिम निलम्वन गरि अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मुल नेतृत्व उदासिन रहि हामी जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नदिएको र कानुनी राज्यको मान्यतामै धज्जी उडाएको उनीहरुले बताएका छन्। वडा अध्यक्षहरुले गत बैशाख १८ मा चोरीमा संलग्न कर्मचीलाई कार्वाहीको माग गर्दै मेयरलाई ध्यानाकर्षण गराउँदै लिखित पत्र दिएका थिए। तर मेयरले उनीहरुलाई कार्वाही गर्नुको सट्टा उनीहरुकै संरक्षण गरेको उपमेयर सहितका अध्यक्षहरुको आरोप छ।

उपमेयर ठकुरी सहित वडा नं २१ का वडाध्यक्ष चित्र सेन अधिकारी, १५ का कर्ण बहादुर गुरुङ, २० का मणिलाल तामाङ, २७ का गोविन्द तामाङ, ८ का दामोदर न्यौपाने, ६ का हरिविलास कोइराला, १४ का ओमप्रकाश पोखरेल, ३ का चन्द्र मित्र पण्डित, १८ का दिपक लामा, १६ का अमृतराज हमाल, १५ का शम्भु बहादुर भण्डारी, १ का यम बहादुर आले, १७ का शान्तमान तामाङ र कार्यपालिका सदस्यहरु गीता शर्मा र पार्वती केसीले चोरीका आरोपितहरुलाई निलम्वन गरि अनुसन्धान नथालेसम्म महानगरका कुनै पनि कार्यक्रममा भाग नलिने र वैठक बहिष्कार गर्ने घोषणा गरेका हुन्।श्रोत: हाम्राकुराडटकम।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP