prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरीको रेकर्ड अनुसार ३६ गुन्डा नाइकेलाई राजनितिक संरक्षण
प्रहरीको रेकर्ड अनुसार ३६ गुन्डा नाइकेलाई राजनितिक संरक्षण
banijya office
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १८, २०७६ बागेश्वरी पोस्ट
प्रहरीको रेकर्ड अनुसार ३६ गुन्डा नाइकेलाई राजनितिक संरक्षण

काठमाडौँ । तत्कालीन नेकपा एमालेनिकट चरी भनिने दिनेश अधिकारी ०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा ‘प्रहरी मुठभेड’ मा मारिए । संगठित अपराधमा संलग्न चरी मारिएको भोलिपल्ट एमालेले संसद्मा विरोध जनायो । धादिङका एमाले सांसदहरू राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको इन्काउन्टर नभई हत्या भएको भन्दै त्यसबारे सरकारसँग जवाफ मागे ।

nepalgunj 081-082

०७२ भदौ ३ मा अर्का ‘गुन्डा नाइके’ कुमार घैंटे भनिने कुमार श्रेष्ठ सामाखुसी, कपुरधारामा प्रहरीको गोलीबाटै मारिए । उनको मृत्युपछि कांग्रेसले सदनदेखि सडकसम्म विरोध गर्‍यो । घैंटे कांग्रेसका सक्रिय कार्यकर्ता भएकाले राजनीतिक प्रतिशोध लिन हत्या गरिएको भन्दै तत्कालीन सांसदहरू जगदीश्वरनरसिंह केसी र धनराज गुरुङसहितका नेताले विरोधको नेतृत्व गरे । २०७३ पुस ४ मा रूपन्देही र नवलपरासी सीमाको खैरहनीमा युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भयो । घटनाका आरोपित मनोज पुन र सुटर सोम बहादुर आले ०७४ फागुन ९ मा प्रहरीको कारबाहीमा मारिए । तत्कालीन माओवादी र एमालेसँग आबद्ध रहिसकेका दुवै जना सोही वर्ष असोज २३ मा काठमाडौंमा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या आरोपमा समेत जोडिएका थिए ।

प्रहरी इन्‍काउन्टरमा मारिएका बाहेक जघन्य अपराधमा केही गुन्डा नाइके जेलमा छन् । केही फरार र केही अनुसन्धान क्रममा छन् । उनीहरू राजनीतिक संरक्षणका लागि विभिन्न दलमा आबद्ध छन् । निर्माण सामग्री बिक्रीमा ठगी अभियोग लागेका बाघे भनिने शुकबहादुर लामा केही साताअघि पक्राउ परेपछि कांग्रेस नेताहरूले प्रहरीलाई फोन गरेर छाड्न दबाब दिए । जुवाको खालबाट समातिएका बले भनिने बलराम सापकोटालाई छुटाउन पनि नेकपाका नेताहरूबाट दबाब आयो । प्रहरीको ‘क्राइम रेकर्ड’ अनुसार राजधानीमा ३६ जना गुन्डा नाइके विभिन्न दलका राजनीतिक संयन्त्रमा सक्रिय छन् ।

उनीहरूलाई सत्तारूढ नेकपा, प्रतिपक्ष कांग्रेस र अन्य साना दलतथा पूर्व ‘राजावादी’ समूहले संरक्षण दिने गरेका छन् । अदालतबाट सजाय भोगिसकेका १९ गुन्डा नाइके कांग्रेससँग निकट छन् भने ९ जना सत्तारूढ नेकपासँग नजिक छन् । बाँकी आठ जना अन्य राजनीतिक दलसँग जोडिएका छन् । दीपक मनाङे भनिने मनाङका राजीव गुरुङ गण्डकीमा नेकपाका बहालवाला प्रदेश सांसद छन् । मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका उनी २०७६ असार १९ मानेकपा प्रवेश गरेका थिए । लागूऔषध मुद्दामा कैद भुक्तान गरेर छुटेका चक्रे मिलन भनिने मिलन गुरुङ साबिक एमाले समर्थित हुन् । त्यस्तै समूहका नाइके गणेश लामा मधेसीजन अधिकार फोरम हुँदै अहिले कांग्रेसमा छन् । उनी काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा कांग्रेसबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भएका हुन् ।

प्रहरी निगरानीमा रहेका तेजेन्द्र गुरुङ काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस तरुण दलका सभापति हुन् । रोज राणाको नामबाट परिचित चलचित्र निर्माता सरोज थापा कांग्रेस प्यूठानका नेता हुन् । इँटागिट्टी तथा बालुवा ठगी अभियोगमा केही साताअघि पक्राउ परेका बागे भनिने सुकबहादुर तामाङलाई रिहा गर्न कांग्रेसका केही शीर्ष नेताबाटै दबाब आएको प्रहरी स्रोतलेजनाएको छ । काठमाडौं क्षेत्र नं। १ का वडा तहका कांग्रेस नेता उनी महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा छन् । तिहारमा जुवा खालबाट पक्राउ परेका बले भनिने बलरामसापकोटालाई छुटाउन सत्तारूढ नेकपाका उच्च नेताहरूबाट दबाब आए पनि प्रहरीले हिरासतमै राखेर कारबाही अघि बढाइरहेको छ ।

गुन्डागर्दीमा संलग्न अन्य व्यक्ति पक्राउ गर्दासमेत पार्टीका नेताहरूबाट रिहाइका लागि बारम्बार दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन् । ‘देशभर सक्रिय गुन्डाहरूको सत्ता र प्रतिपक्षमा भएका राजनीतिक दलहरूसँग आबद्धता देखिन्छ,’ गुन्डाविरुद्धको अपरेसनमा सहभागी हुँदै आएका प्रहरीका एक अधिकृत भन्छन्, ‘जघन्य अपराधदेखि सार्वजनिकअपराधसम्ममा गुन्डा पक्राउ पर्नेबित्तिकै पहिलो दबाब नेताहरूबाटै आउँछ । त्यसलाई थेग्न कठिन छ । दबाब थेगेर मुद्दा चलाइएका थुप्रै घटना छन् ।’ नेताको दबाबलाई बेवास्ता गरेरगुन्डालाई कानुनी दायरामा ल्याउने प्रहरी अधिकृत तथा जवानहरूको वृत्तिविकास नै रोकिने गरेको उनको गुनासो छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध महाशाखामा बसेर गुन्डागर्दीविरुद्ध अभियान चलाएका पूर्वडीआईजी हेमन्त मल्ल राजनीतिमा अपराधीकरण रअपराधमा राजनीतीकरण हाबी हुँदै गएको बताउँछन् । ‘उपत्यकासहित देशभर सक्रिय डन र गुन्डाको संलग्नता शक्तिमा भएका दलहरूसँग देखिन्छ,’ उनले भने, ‘गुन्डाहरूले नेताकोसंरक्षणमा अपराध गर्ने, नेताहरूले गुन्डामार्फत अर्थ संकलन गर्ने र उनीहरूलाई चुनाव जित्ने माध्यम बनाउने प्रवृत्ति तीव्र रूपमा बढ्दो छ ।’ अपराध महाशाखाका एसएसपी सहकुल थापाले गुन्डाहरूका गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको बताए ।

‘पहिले जघन्य अपराधमा गुन्डाहरूको संलग्नता हुने गरेकामा अहिलेउनीहरूले विभिन्न क्षेत्रमा लगानी गर्ने, बालुवारडिपो चलाउने, प्राकृतिक स्रोतमाथि कब्जा गर्ने र ठेक्कापट्टा नियन्त्रणमा लिने गरेको देखिएको छ,’ उनले भने, ‘विगतमा अपराधमा कैदभुक्तान गरेकादेखि पटके कारबाहीमा परेकासम्म सबैको कुनै न कुनै राजनीतिक दलसँग आबद्धता छ ।’ को केमा संलग्न ? प्रहरीले गुन्डा र त्यस्ता समूहका नाइके भन्दै विभिन्न अपराधको फेहरिस्त राखेकाहरू पछिल्ला दिनमा होटलररेस्टुराँ, फाइनान्स, अस्पताल, बालुवा–गिट्टी उत्खनन र बिक्री डिपोसञ्चालनलगायतका आवरणमा सक्रिय छन् । काभ्रेका स्याल भनिने सञ्जीव तामाङ २०६९ मा अभिमानसिंह बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योगमा २ वर्ष कैद भुक्तान गरी छुटेकाहुन् ।

कांग्रेस समर्थित तामाङको दरबारमार्गमा नोर्लिङ रेस्टुराँ छ । त्यसमा गुन्डा नाइके भनिने दाबा लामाको पनि साझेदारी छ ।राजीव गुरुङ प्रदेश सांसद भएपछि छवि सुधार्न लागिपरेका छन् । उनका भाइ कोर्तो गुरुङ हाल ठमेलको पर्पल हेज क्लबका सञ्चालक छन् । कोर्तो २०६७ सालमा अमेरिका बस्ने सोनामछिरिङ गुरुङको हत्यामा दोषी ठहर भई ४ वर्षकैद भुक्तान गरेर छुटेका हुन् । २०७१ मा समेत कोर्तोलाई प्रहरीले सार्वजनिक अपराध अभियोगमा पक्राउ गरेको थियो । नक्साल–नागपोखरी क्षेत्रका सञ्जय डंगोल (श्रेष्ठ) ठेक्कापट्टा रबिगमार्ट सञ्चालक हुन् । कांग्रेसनिकटका उनी त्यस्तै समूहका नाइके मिलन चक्रेको बायाँ हात काटेको अभियोगमा पक्राउ परेर छुटेका हुन् ।

उनी २०६४ सालयता तीनवटा सार्वजनिकअपराध मुद्दा र ज्यान मास्ने उद्योगका आरोपित हुन् । प्रहरीका अनुसार कालोपुल क्षेत्रका अजित लामा कालोपुलकै जेभियर इन्टरनेसनल कलेजका ‘डिसिप्लिन इन्चार्ज’ (डीआई) समेतहुन् । प्रहरी इन्‍काउन्टरमा मारिएका कुमार घैंटे समूहका हवल्दार भनिने प्रतीक श्रेष्ठ घैंटेको मृत्युपछि बालुवा डिपो सञ्चालक छन् । २०६९ सालमा सार्वजनिक अपराधमा पक्राउ परेका उनीमाओवादी केन्द्रनिकट थिए । हप्ता असुलीलगायत अपराधमाप्रहरी निगरानीमा रहेका राम श्रेष्ठ लालीगुराँस फाइनान्सका सञ्चालक हुन् । तत्कालीन नयाँ शक्ति पार्टीसँग उनको आबद्धता रहेको प्रहरी अभिलेखमा छ । बालुवा–गिट्टी डिपो सञ्चालक अधिकांश गुन्डाले कम परिमाणमा सामान आपूर्ति गरेर उपभोक्तालाई ठग्ने गरेको प्रहरीको भनाइ छ ।

बागे भनिने सुकबहादुर तामाङसहितका दुई दर्जनबालुवा डिपो सञ्चालकलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । काठमाडौं भत्केपाटीका श्यामकुमार अधिकारी मेघा अस्पताल र चम्पादेवी पोलिक्लिनिकका सञ्चालक हुन् । जग्गा दलाली, गुन्डागर्दी र ठेक्कापट्टामा संलग्न अधिकारीलाई २०७० माकालीमाटी र २०७२ मा कीर्तिपुर प्रहरीले सार्वजनिक अपराधमा पक्राउ गरेको थियो । उनी जनसमाजवादी पार्टीबाट २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवार बनेका थिए । बालाभनिने योगेन्द्र लामा सुन लुटेर फरार भएका हुन् । २०६५ र २०६८ मा सार्वजनिक अपराध, डाँका र लुटपाट तथा ज्यान मार्ने उद्योगमा पक्राउ परेका झिँगे भनिने सञ्जय लामा कांग्रेसनिकट हुन् ।

उनको दरबारमार्गमा फेन्सी पसल छ । ज्यान मार्ने उद्योगमा फरार रामेछापका रक्की लामा कांग्रेस समर्थित हुन् । ज्यान मार्ने उद्योग र जबर्जस्ती करणी कसुरमा कमलपोखरी प्रहरीले खोजी गरेपछि उनी भागेका थिए । नेकपासमर्थित काभ्रेका निमा लामा भनिने राजेन्द्र लामाले २०६६ मा ज्यान मार्ने उद्योगमा ३ वर्ष कैद भुक्तान गरेका छन् । संगठित, आर्थिक र अन्य जघन्य अपराधमा संलग्न जसवन राई भनिने अश्विन राई, हत्या आरोपित समीरमानसिंह बस्नेत, रोज लामा, ढिमे लामालगायतका केही भने कारागारमा छन् । पूर्वडीआईजी हेमन्त मल्ल अपराधबाट आर्जन गरेको सम्पत्ति गुन्डाहरूले विभिन्न व्यवसायमा लगानी गर्ने गरेको बताउँछन् । कालो धनजोडेका नेतादेखि अवैध आर्जन गरेका अन्य क्षेत्रका व्यक्तिले समेत गुन्डाहरूसँग मिलेर लगानी गर्ने गरेको उनले बताए । ‘कालो धन लगानी गर्नेदेखि चुनाव जित्न र भीड जम्मागर्नसमेत नेताहरूले गुन्डालाई संरक्षण दिएका हुन्,’ मल्ल भन्छन्, ‘शक्तिमा भएका व्यक्तिले संरक्षण नदिने हो भने अपराध सञ्जाल विस्तार गर्ने डन तथा गुन्डा नियन्त्रण गर्न कुनै समस्या छैन ।’

“संरक्षण गर्दैनौं”

विश्वप्रकाश शर्मा,प्रवक्ता, कांग्रेस

हामी गुन्डागर्दीलगायत अपराधमा संलग्नलाई संरक्षण दिने पक्षमा छैनौं । विगतमा सरकारको नेतृत्व गर्दा कांग्रेसले यससँग सम्बन्धित थुप्रै कानुन बनाएको छ । यस विषयमा सबैदलको एउटै विचार हुनु जरुरी छ । कांग्रेसका पालामा बनेका कानुनले कांग्रेसकै नेताहरु भ्रष्टाचार अभियोगमा जेल गएका छन्। फौजदारी कसुरमा दोषी ठहरिएका व्यक्ति ६ वर्षसम्मनिर्वाचनमा भाग लिन नपाउने कानुन हामीले नै ल्याएका हौं ।

“पार्टीमा गुन्डा र पैसावाल हाबी”

हरिबोल गजुरेल नेता

नेकपा दलहरुले ‘मनी र मसल’ का लागि गुन्डाहरुलाई संरक्षण दिने गरेका छन् । नेकपामा पनि यस्तो छ । गुन्डा र पैसावाला पार्टीमा हाबी हुँदाइमानदार नेता–कार्यकर्ता छायामा परेका छन् । इमानदार नेतारकार्यकर्ताले न पैसा खर्च गर्न सक्छन् न भीड जम्मा गर्न । यसका लागि गुन्डा र भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्नेहरु नैअग्रणी देखिन्छन् । कान्तिपुरदैनिकबाट साभार।


प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  ०८:४८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP