नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोनाको संवाहक बन्दै सार्बजनिक यातायात...
कोरोनाको संवाहक बन्दै सार्बजनिक यातायात...
बागेश्वरी पोस्ट
बिहीबार, साउन ८, २०७७ बागेश्वरी पोस्ट
कोरोनाको संवाहक बन्दै सार्बजनिक यातायात...
काठमाडौंको बसुन्धारामा गुडिरहेका सवारी साधन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिँदा पनि नेपाल सरकार भने अचम्म संग लकडाउन खोलिरहेको छ । कसको इशारामा ?

चैत ११ गते लकडाउन गर्दा २ जना संक्रमित थिए । अहिले दैनिक एक सय भन्दा बढी संक्रमित थपिएका छन् । त्यो पनि अझ समुदायस्तरमा संक्रण फैलिसक्दा ।

राजविराजमा त अहिले आएर निषेधाज्ञा नै जारी गरिएको छ । तर सरकारले मंगलबार मध्यराति (साउन ६ गते) देखि सबैखाले लकडाउन खोलेको छ ।

समुदाय स्तरमा संक्रमण फैलिएको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पनि सहमत छन् ।

उनी ९७ प्रतिशत विदेश घुमेर आएका र ३ प्रतिशत भने समुदायमा पनि पसेको हुन सक्ने बताउँछन् । त्यही ३ प्रतिशत सबैभन्दा खतरनाक हो । तर यसबारेमा सरकार गम्भीर बन्न सकेन ।

स्वास्थ्य मन्त्रालय पनि कठपुतली भएको छ । सचेतनाको काम पर्याप्त नभएको अवस्थामा बिना कुनै विज्ञहरुको सुझावमा लकडाउन खोलियो । सर्वसाधारणको गुनासो यही छ कि – सुझाव विज्ञको लिइयो कि व्यापारीको ? विज्ञहरु भने यतिबेला चिन्तित छन् ।

सरकारले लकडाउन खोले पनि आफ्नो सुरक्षा गर्न नभुल्न पनि आग्रह गरिरहेका छन् । दवावमा खोलिएको लकडाउनले रोग अझै निम्त्याउने छ । संक्रमितहरु दैनिक हजारको संख्यामा पनि पुग्न सक्छन् ।

अहिलेसम्म आठ सयको आँकडा पार भएको छैन । तर त्यो छिट्टै पुग्ने दावी विज्ञहरुको छ । किनकि अब सवारी साधनले नै संक्रमित फैलाउन मद्धत गर्नेछन् । यातायात व्यवसायीहरुले स्वास्थ्य मन्त्रालयको न्यूनतम मापदण्ड पूरा गर्ने कुनै लक्षण देखिएको छैन ।

लकडाउन खुल्नासाथै पुरानै अवस्थामा यात्रु चढाइएको छ । न सेनिटाइज्ड नै गरिएको छ । बस्ने सिट त गतिला नभएका ठाउँमा कहाँबाट त्यो व्यवस्था गर्लान् यातायात व्यवसायी । फेरि ४ महिनापछि लकडाउन खोल्दा उनीहरुले भोग्नुसम्म घाटा भोगेका छन् ।

त्यसको भपाई तिनै यात्रुहरुबाट उठाउने छन् । एकातिर अहिले बढेको भाडा पनि उठाउने छन् भने अर्कोतिर न्यूनतम स्वास्थ्य मापदण्ड पनि पूरा नगर्दा कोरोनाका संवाहक तिनै यातायात नै हुनेछन् ।

त्यसको जिम्मेवारी कसको ?

यसको जवाफ सरकारसंग छैन । भएको भए यति गैरजिम्मेवार बन्ने थिएन होला । अनुगमन गर्ने निकाय नै पनि कत्ति पारदर्शी छ भन्ने कुरा हो । फेरि त्यो निकाय पनि टाढा छैन कोरोनादेखि ।

कोरोनाको संक्रमण अझै फैलिने निश्चित नै भएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । संगठनले नेपाल सरकारलाई प्रश्नसमेत तेस्र्याइसकेको छ ।

बिना सावधानी किन लकडाउन खोलेको भनिसकेको छ । लकडाउन हुँदा पनि सार्वजनिक यातायातहरु ओहोरदोहार भइरहेका थिए । माथिको पहुँचमा । त्यतिमात्र हैन निजी गाडीहरुलाई सार्वजनिक यातायात बनाइएको थियो । ‘ओपन सेक्रेट’ बनाइएको थियो यो धन्धालाई ।

यातायात व्यवसायीहरु लामो दूरीको सवारी पनि चलाउन पाउनु पर्ने भन्दै सरकारलाई दवाव दिइरहेका छन् । तर यसको मार भोलिका दिनमा गएर तिनै यातायात व्यवसायीले भोग्न नपर्ला भन्ने छैन ।

कम्तीमा एक मिटरको दूरी, अनिवार्य मास्क, सेनिटाइजर र ग्लोभ्स लगाउन विश्व स्वाथ्य संगठनले आग्रह गरिरहेको छ । यति लगाउँदा लगाउँदै पनि कोरोना फैलिरहेको छ । त्यसका लागि उत्तम बिकल्प घरमै बस्नु हो ।

प्रश्न आउँछ कति दिन बस्ने घरमा रु सबै काममा जानुपर्ने जरुरी पनि छैन । अत्यावश्यक पर्ने बाहेक कोही पनि बाहिर ननिस्कने भन्ने हो । सरकारले त भदौ १ देखि त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान नै गर्ने भनिरहेको छ ।

यदि यस्तो भयो भने त आयातित ९७ प्रतिशत कोरोनाले फेरि मुलुकलाई तहसनहस पार्नेछ । लकडाउन लगाउँदा नेपाल विश्वको २०३ औं स्थानमा रहेको थियो ।

त्यतिबेला २ संक्रमित थिए । त्यति नै बेला भुटानमा जम्मा ५ संक्रमित थिए । अहिले भुटानले नियन्त्रण गरेर ९२ भन्दा बढ्न दिएको छ । त्यसमध्ये ८३ लाई निको भएको छ भने मात्र ९ सक्रिय संक्रमित छन् ।

अहिले नेपाल ६३ औं स्थानमा रहेको छ । १८ हजार ९४ संक्रमित भइसकेका छन् । ४२ जनाको ज्यान गइसकेको छ । १२ हजार ६८४ लाई निको भएको छ भने ५ हजार ३६८ जना अझै सक्रिय संक्रमित छन् ।

यसबाटै अनुमान लगाउन सकिन्छ नेपालको स्थिति के छ । सार्वजनिक यातायातमा ५० प्रतिशत भन्दा बढी यात्रु चढाउन बर्जित गरिएको छ । तर त्यसको धज्जी उडिरहेछ सिंहदरबार अगाडि नै ।

दैनिक १० हजार पीसीआर टेष्टिङ गर्छु भन्ने सरकारले ३५ सयमा झारेको छ । त्यसमा पनि यातायात चलाउँदा संक्रमित चढ्दा ट्रेसिङ कहाँ गर्ने र ट्रयापिङ कसलाई गर्ने ?हाम्राकुराडटकमबाट साभार।


प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  ०८:५५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP