नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रेस्टुरेन्टमा मन्त्रीका छोरालाई देखेपछि फरक्क फर्कियो प्रहरी...
रेस्टुरेन्टमा मन्त्रीका छोरालाई देखेपछि फरक्क फर्कियो प्रहरी...
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ९, २०७७ बागेश्वरी पोस्ट
रेस्टुरेन्टमा मन्त्रीका छोरालाई  देखेपछि फरक्क फर्कियो प्रहरी...

काठमाडौं। सरकारले लकडाउन खुल्ला गरेको छ। मन्त्रीपरिषदको वैठकबाटै लकडाउन खुल्ला गर्ने निर्णय गरेको हो।

तर यो निर्णयसँगै सरकारले कुन कुन संस्थाहरु कसरी खोल्ने भनेर निर्देशिका समेत जारी गरेको छ। विद्यालय कहिले खोल्ने?

सार्वजनिक सवारी साधनहरु चलाउँदा कसरी चलाउने, मन्दिर कहिले खोलिने, रेष्टुरेण्ट कहिले खोलिने र खोलिएका रेष्टुरेण्टहरु कतिबेलासम्म खुल्ला रहने निर्णय मन्त्रीहरुको उपस्थितिमा नै मन्त्रिपरिषदले गरेको थियो। तर यतिखेर पिता मन्त्रीहरुको निर्णय उनीहरुका छोराहरुका लागि तोड्नुपर्ने बिषय जस्तो भएको छ।

लकडाउनकै बेलामा पनि लकडाउन भोग्नु नपरेकाहरुलाई अहिले पनि मन्त्रीपरिषदको निर्णयले छुने कुरा पक्कै भएन। त्यसमा पनि मन्त्रीका छोराहरुनै भएपछि उनीहरुलाई कस्ले छुनेरु बिहिवार राती नौ बजेसम्म राजदरवार उत्तर ढोकामा रहेको एक रेष्टुरेण्टमा अस्वभाविक भीडभाड देखेपछि दरवारमार्ग प्रहरीले त्यहाँ प्रवेश गरेर रेष्टुरेण्ट बन्द गराउन खोजेको थियो।

भिल्ला नामक रेष्टुरेण्टमा रहेका एक ग्राहकले आफूहरु निस्कने बेलामा छिरेको प्रहरी कोरोना महामारीको बेला राती अबेरसम्म रेष्टुरेण्ट खोल्ने भन्दै छिरेपनि उनी धेरैबेर भित्र रहन सकेनन्। गस्तीमा रहेका एक सई भित्र छिरेपनि उनी तुरुन्तै निस्केका थिए।

उनी रेष्टुरेण्ट वाहिर निस्के लगत्तै एक प्रहरी निरिक्षक केहि जवान सहित भित्र प्रवेश गरेका थिए। ति ग्राहकले  बताए अनुसार प्रहरी निरिक्षक भित्र रहेका  र रेष्टुरेण्टका मालिकसँग कुरा गर्दै सबैलाई बाहिर जाने भनिरहेका थिए। लकडाउन खुलेपनि कोरोनाको संकट नसकिएको बताउँदै उनले त्यसो भनिरहँदा पनि भिल्लाको माथिल्लो तलाको वरण्डामा रहेका एक समुह भने रमाएरै बसिरहेको थियो।

प्रहरी निरिक्षकको टोली माथि उक्लिएरै उनीहरुलाई निकाल्ने प्रयास त्यतिखेर असफल भयो जतिखेर उनीहरुले त्यहाँ उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र गृहमन्त्री राम बहादुर थापाको छोरा प्रतिकहरुलाई देखे।

तब अघीसम्म अलि कडा मजास देखाइरहेको प्रहरी पनि कर्कलो गले झै भयो। प्रत्यक्षदर्शी ति ग्राहकका अनुसार प्रहरी टोली उनीहरुलाई हजुरहरु बस्ने भए ढोका लगाएर बस्नु बाहिर धेरै गाडीहरुको भीड देखिएकोले भन्न छिरेको भन्दै नमस्कार गर्दै फर्किए।

सरकारले रेष्टुरेण्टहरु बन्द भनेको बेलामा पनि अधिकाशं बन्द भएपनि कतिपय त्यतिबेला पनि खुलेका थिए। सरकारका पछिल्ला निर्णयहरु पनि धेरैले माने पनि सरकारकै मानिसहरुको ओहोरदोहोर धेरै हुने त्यस्ता ठाउँहरु र प्रभावशालीहरुले ति निर्णयहरुलाई धज्जी उडाएका छन्।

नारायणहिटीको उत्तरढोकामा रहेको भिल्लामा पनि यस्तै देखिएको प्रत्यक्षदर्शीले जनाए। उनले आम नागरिक र पहुँचवाला सबैमा प्रहरीको व्यवहारमा एकै किसिमको तादात्म्यता ल्याउन अझै धेरै काम गर्नुपर्ने देखिएको बताए।

हाम्राकुराडटकमबाट।


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  ००:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP