नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'माछी मार्न जाऊँ न दाजै कालापानीमा'
'माछी मार्न जाऊँ न दाजै कालापानीमा'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २३, २०७६ बागेश्वरी पोस्ट
'माछी मार्न जाऊँ न दाजै कालापानीमा'

काठमाडौं । पूर्व सुनसरीको इनरुवामा जन्मिएका गायक विधान श्रेष्ठले अहिलेसम्म पश्चिमको दार्चुलाको कालापानी टेकका छैनन्। तर उनको परिचयसँग भने पश्चिमको त्यही कालापानीले गराइदियो।

'माछी मार्न जाऊँ न दाजै कालापानीमा

छेकी बारी दुवाली, महाकालीमा

माछी मार्न जाऊँ न दाजै कालापानीमा'

२०५५ सालमा पनि कालापानी विवाद चर्किरहेको थियो। पत्रपत्रिका कालापानीका समाचारले भरिएका थिए। नेकपा मालेले कालापानीमा सीमा मिचिएको भन्दै १८ दिन लगाएर ३२८ किलोमिटर मार्च गर्‍यो। राजनीति तरङ्गित थियो। राष्ट्रिय राजनीति तातिरहेको नियालिरहेका सञ्चारकर्मी भुषण दाहालले एकदिन विधानलाई भने, ‘अहिले कालापानीबारे गीत बन्यो भने एकदम राम्रो हुन्छ।’

विधान यो कुरा लिएर बुवा भएको ठाउँ सुनसरीको इनरुवा पुगे। उनका बुवा विजय श्रेष्ठ संगितकार हुन्। छोरोको कुरा सुनेर श्रेष्ठले कालापानीबारे आउने समाचारहरु केलाउन थाले। विजय त्यतिबेला राजा मन्हेन्द्रले लोक संस्कृति उथानका लागि खोलेको भानु मोरङ सांस्कृतिक समितिमा काम गर्थे।

समितिमै काम गर्दा उनले ‘राम साइली छेकन दुवाली माछा मारी’ भन्ने लोक गीत सुनेका थिए। विजयले त्यही लोकगीतको भाका र समाचारबाट सिला गरेका शब्दहरुबाट ‘कालापनी’ गीतको रचना गरे।

विधान भने भर्खरै ‘ज्ञानबहादुर छोरा’ नामको अर्को राष्ट्रिय भावना बोकेको गीत निकालेर चर्चाम थिए। बुवाले गीत लेखेपनि सुरुआतमा विधान गाउन तयार भएनन्। ‘दुईवटा राष्ट्रवादी गीत सँगसँगै नहोस् भन्ने मेरो सोचाई थियो। तर पछि स्टुडियाका एरेन्जरहरुले विधानले नै गाउनुपर्छ भने। भाग्यले घुमिफिरी गीम म कहाँ नै आइपुग्यो,’ उनले भने। सुरुआतमा जे पापीले कालापानी गाउन आँटेका थिए। तर विधानले गाउने भएपछि जे पापी र रिता उपाध्यायले साथ दिए।

२०५६ सालमा गीत रेकर्ड भयो। भुषण दाहालले राजधानी नजिकैंको दोलालघाटमा भिडिओ बनाए। दुई महिनासम्म गीत सबै च्यानलहरुमा बज्यो। तर त्यसपछि एक्कासी गीत बज्न बन्द भयो। विधान आफैं सबै च्यानल स्टेसन धाए। तर कसैले गीत बजाउन बन्द गरेको कारण खुलाएनन्।

‘सबैले बज्छ-बज्छ मात्र भने तर कसैले बजाएनन्। किन रोकियो भन्ने खुलेन। चार वर्षपछि फेरी आफैं बजाउन थाले,’ उनले भने।

यो गीत सुन्नासाथ आफूलाई छुट्टै उर्जा र आनन्द आउने उनी सुनाउँछन्। हरेक पटक सीमा विवादका कुरा उठ्दा मान्छेहरुले आफ्नो गीत सामाजिक सञ्जालमा सेयर गर्ने गरेको उनी बताउँछन्।

‘हाम्रोतिर सीमा विवादको कुरा कम छ तर कालापानी, लिपुलेक, सुस्ता लगायत अरु ठाउँको सधैं विवाद हुन्छ। विवाद सुल्झाउनेले किन वेवास्ता गरको होला। यो देख्दा दुःख लाग्छ,’ उनले गुनासो पोखे।

दुई दशक अगाडि गीत रचना गरेका बुवा विजय श्रेष्ठ पनि सीमा विवाद अहिले पनि उस्तै देख्दा उदेक लाग्ने बताउँछन्। अहिले भारतले जारी गरेको नयाँ नक्सामा कालापानी समावेश गरेपछि चर्किएको सीमा विवाद कुटनीतिक माध्यमबाट शिघ्र समाधान गर्नुपर्नेमा उनको जोड छ।

‘यत्रो नांगो नृत्य गरिरहेको छ। त्यहाँ जानुपर्ने को हो, हामीले जिताएको कसलाई हो?,’ उनले आक्रोस पोखे।

देशको सार्वभौमसँग जोडिएको विषयमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको बुझाइ छ। विधान मात्र होइन विजय पनि कालापानी पुगेका भने छैनन् । ‘त्यही भएर त माछी मार्न जाउ दाजै कालापानीमा भनेर लेखेको हुँ, यो आव्हान हो,’ विजय भन्छन् । Source: setopati


प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०७:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP