नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'प्रेमीको शव जलिरहँदा जब प्रेमिकाको शव बग्दै आयो'
'प्रेमीको शव जलिरहँदा जब प्रेमिकाको शव बग्दै आयो'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १७, २०७७ बागेश्वरी पोस्ट
'प्रेमीको शव जलिरहँदा जब प्रेमिकाको शव बग्दै आयो'
सांंकेतिक तस्बिर

पर्वत । भदौको महिना, उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं. २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे लक्का जवानको शवमा आगो दन्किरहेको थियो । शव जलिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको शव अल्झिएको छ । शव अल्झिएको सूचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने मलामी र छिमेकीहरु पनि खोलामा रहेको शव निकाल्न गए ।


खोलामा भेटिएको शव एक जना १७ वर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे । मोदी र पातीखोलाको संगममा जलिरहेको शव र मोदीखोलामा ढुंगाको अक्करमा अल्झेको शव दुई जना प्रेमी–प्रेमिका हुन् । जलिरहेको शव पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरका १८ वर्षीय पुष्प चापागाईको थियो भने खोलामा भेटिएको शव इलामको देउमाई नगरपालिका–५ घर भई मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएकी दीपिका बस्नेतको थियो ।


प्रहरीका अनुसार चापागाईं भदौ १४ गते आइतबार दिउँसो ४ बजेदेखि हराएका थिए । खोजी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घरनजिकै जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । चापागाईंको शवको पर्वत अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो । दीपिका पनि सोमबार दिउँसो ११ बजेपछि घरबाट हराएको भनेर आफन्तले प्रहरी खबर गरेका र खोला किनारमा समेत खोजी थालेका थिए । खोजी गर्ने क्रममा शव जलिरहेको केही माथि मोदीखोलामा उनको पनि शव भेटिएको थियो ।

पुष्पले आत्महत्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हामफालेको हुन सक्ने अनुमान गरिएको छ । दुवैको घरबाट कुनै सुसाइड नोट वा अन्य वस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले बताउनुभयो । दुवै शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएर थप अनुसन्धान अघि बढाइएको डिएसपी अधिकारीले जानकारी दि नुभयो । मृत भेटिएका पुष्प जननेत्र माविबाट कक्षा १२ को परीक्षा दिने तयारीमा थिए भने बस्नेतले भने यस वर्ष एसईई उत्तीर्ण गरेकी थिइन् । विद्यालयमा पनि उनीहरुको बीचमा प्रेम थियो भन्ने कुरा खासै बाहिर आएको थिएन । साथी भाइले दुवैले आत्महत्या गरेपछि मात्र यस बारेमा मुख खोलेका थिए । शिक्षक भूमिराज शर्माका अनुसार उनीहरुमध्ये छात्रा कक्षामा पढाईमा ४/५ जना विद्यार्थीमध्ये पर्थिन् भने छात्र पुष्प पनि पढाइमा राम्रै थिए ।


'विद्यालयमा उनीहरुको बीचको प्रेमका बारेमा खासै कसैलाई जानकारी थिएन,’ उहाँले भन्नुभयो– ‘प्रेम थियो भने पनि पारिवारिकरुपमा विवाह गर्नलाई अवरोध गर्ने वातावरण थिएन।’ पुष्पको घरबाट विवाहका लागि अस्वीकार गर्ने वातावरण नभएको उहाँले बताउनुभयो । उनीहरुले किन यस्तो अप्रिय निर्णय लिन पुगे भनेर अहिले सबैले आश्चर्य मानेका छन् । सोमबार साँझ मोदीखोला र पातीखोलाको किनारमा देखिएको हृदयविदारक घटनाले धेरैको मनमा शंका उब्जाइदिएको छ, 'यस्तो निर्णय नलिएको भए हुन्थ्यो ।' सबै भन्दै थिए– ‘सँगै जिउने र मर्ने कसम खाएका प्रेमी प्रेमिकाले आवेगमा यस्ता गलत निर्णय गर्दा आफन्त र परिवारमा गहिरो चोट पर्न जान्छ भन्ने सोच्दैनन्, गलत बाटो रोज्छन्।’
नेपाल समाचारपत्रबाट


प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP