नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'पेश्की माग्दा शरीर मागे',धम्क्याउँदै यौन शोषण समेत गरे !’
'पेश्की माग्दा शरीर मागे',धम्क्याउँदै यौन शोषण समेत गरे !’
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २५, २०७७ बागेश्वरी पोस्ट
'पेश्की माग्दा शरीर मागे',धम्क्याउँदै यौन शोषण समेत गरे !’
सांंकेतिक तस्बिर

पोखरा । श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् । आर्थिक अवस्था कमजोर भएकी ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा ती महिलाले पेश्की माग्थिन् तर प्रमुखले अनेक सर्त राख्न थाले ।

यौन इच्छा पूरा गर्न दिए अस्पतालबाट पेश्की मिलाइदिने भन्दै डर धम्कीमात्रै देखाएनन्, कोठामै पुगेर अभद्र व्यवहार गर्न लागेको ती महिलाको आरोप छ । आर्थिक हिसाबले कमजोर ती महिलाको लेखा प्रमुखका अघि केही जोर चलेन । यस्तै घटना ४/५ वर्ष चलिरहेको ती महिलाको आरोप छ ।

अति भएपछि गत शुक्रबार ती महिलाले अस्पताल प्रशासनमा उजुरी दिइन् । अस्पतालका लेखा प्रमुखले डर, धम्की, प्रलोभन देखाएर यौन शोषण गरेको र घटना बाहिर ल्याए जागिर नै खाइदिने बताएको महिलाको आरोप थियो । अस्पताल प्रशासनले लेखा प्रमुखलाई तत्काल निलम्वन गर्यो र अनुसन्धानको प्रक्रिया अगाडि बढायो ।

अस्पतालले मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । समितिले छानबिन गरी दोषी उपर कारबाही गर्ने र सत्यतथ्य बाहिर ल्याउने अस्पतालले बताएको थियो । यसैबीच प्रहरीमा जाहेरी नदिन दबाब दिइएको र भित्रभित्रै मिलापत्र गराउन खोजिएको घटना सार्वजनिक भयो । जब यो घटना बाहिर आयो, लेखा प्रमुखबाट यस्तै शोषणमा परेको भन्ने अरु महिला पनि थपिए ।         

३१ र ३७ वर्षीया महिलालाई बलात्कार आरोपमा प्रहरीमा जाहेरी नै पर्यो । अस्पतालबाट पेश्की माग्दा लेखा प्रमुखले अनेक बहाना बनाएर यौन शोषण गरेको महिलाहरुको आरोप छ । ‘पेश्की माग्न जाँदा शरिर माग्थे, घरमै आएर मनपरी गरे । घटना बाहिर ल्याए जागिरै खाने धम्की दिन थाले,’ पीडित महिलाले भनिन्, ‘यसरी ४/५ वर्षसम्म शोषण गरिरहे । अति भएपछि उजुरी गरेकी हुँ । अझै पनि केही हुने हो कि मनमा डर छ ।’

दुई महिलाले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले आरोपी लेखा प्रमुखलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । ‘पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘महिलाको मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्छ ।’ अनलाइनखबरबाट


प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP